चार बुँदे मागसहित प्रधानमन्त्री देउवालाई संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र « Khabarhub

चार बुँदे मागसहित प्रधानमन्त्री देउवालाई संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त विद्यार्थी संगठनले विभिन्न चार बुँदे मागसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क असुल्ने मणिपाल मेडिकल कलेज लगायत सम्मपूर्ण निजी मेडिकल कलेजलाई कारबाहीको दायरामा ल्याउनुपर्ने, पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता लिनुपर्ने, तोकिएको भाडाभन्दा बढी पैसा लिने यातायात व्यवसायीहरूलाई कारबाही गर्नुपर्ने र त्रीवी सभाले करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने गरेको निर्णय तत्काल फिर्ता लिनुपर्ने लगायतको मागसहितको ज्ञापनपत्र संगठनले मंगलबार प्रधानमन्त्री देउवालाई बुझाएका हो ।

विश्वविद्यालयका शिक्षक कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउँदा गलत नजिर बस्ने हुँदा यस्तो निर्णय तत्काल सच्याउनुपर्ने उनीहरूको माग छ ।

खुला प्रतिस्पर्धाबाट शिक्षक कर्मचारी नियुक्त गर्ने वातावरण सिर्जना गर्नुपर्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

संयुक्त विद्यार्थी संगठनका मागहरू तत्काल सम्बोधन नभए अझ प्रभावकारी आन्दोलनमा जान संगठन बाध्य हुने जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  २ : ३७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार