काठमाडौँबाट सात जना मोटरसाइकल चोर पक्राउ (भिडियोसहित) « Khabarhub

काठमाडौँबाट सात जना मोटरसाइकल चोर पक्राउ (भिडियोसहित)


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोटरसाइकल चोरीमा संलग्न सात जना काठमाण्डौबाट पक्राउ परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज मङ्गलवार रामशाहपथमा रहेको आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरी कार्यमा संलग्न सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

सोमवार राति काठमाण्डौको बबरमहलबाट उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाउन लागिएको महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

उनले भने, ‘बेलुका बबरमहलबाट चोरेका मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गर्न सफल भयौँ । पक्राउ पर्ने सात जना काठमाण्डौको ठूलै समूह हो । उनीहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाउने काम हुनेछ ।’

महाशाखाले गएको असार महिनायता चोरी भएका एक सय ८४ वटा मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको पनि जानकारी गराएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ३ : १४ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको