सिन्धुलीको जुनार, सडकमै व्यापार « Khabarhub

सिन्धुलीको जुनार, सडकमै व्यापार


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- सिन्धुलीका मुख्य सडकमा अहिले जुनारको व्यापार भइरहेको देखिन्छ  । विशेषगरी सिन्धुली भएर काठमाडौँ उपत्यका प्रवेश गर्ने र बाहिरिने सवारीसाधन चल्ने सडकमा जुनारको व्यापार भइरहेको छ ।

सिन्धुलीको फुर्कोटसहितका स्थानका सडकमै जुनार बिक्री गर्न राखिएका छन् ।  प्रतिकेजी जुनार र सुन्तला १०० मा बिक्री हुने गरेको व्यापारी बताउँछन् ।

काठमाडौँ–धुलिखेल–सिन्धुली–बर्दिबास भएर गुड्ने सवारीसाधनका अधिकांश यात्रुको मुख्य कोसेली जुनार नै बन्दै गएको छ ।

खनियाँखर्कमा केहीबेर विश्राम गर्न रोकिएका यात्रु अहिले जुनार किन्न तँछाडमछाड गरिरहेको दृश्य रोचक देखिन्छ । यहाँको जुनारले छिमेकी जिल्लालगायत काठमाडौँ र भारतका विभिन्न सहरसम्म निकै लोकप्रियता पाएको छ ।

सिन्धुलीको खनियाँखर्क, जलकन्या, बाशेश्वर, भुवनेश्वरी, तीनकन्यालगायतका ठाउँमा जुनारको व्यावसायिक खेती गरिँदै आएको छ। कृषकहरुले जुनार खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ०४ बजे

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

आयोगले भोलि निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने

काठमाडौँ- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

सङ्खुवासभामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा – सङ्खुवासभामा अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार