सिन्धुलीको जुनार, सडकमै व्यापार « Khabarhub

सिन्धुलीको जुनार, सडकमै व्यापार


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- सिन्धुलीका मुख्य सडकमा अहिले जुनारको व्यापार भइरहेको देखिन्छ  । विशेषगरी सिन्धुली भएर काठमाडौँ उपत्यका प्रवेश गर्ने र बाहिरिने सवारीसाधन चल्ने सडकमा जुनारको व्यापार भइरहेको छ ।

सिन्धुलीको फुर्कोटसहितका स्थानका सडकमै जुनार बिक्री गर्न राखिएका छन् ।  प्रतिकेजी जुनार र सुन्तला १०० मा बिक्री हुने गरेको व्यापारी बताउँछन् ।

काठमाडौँ–धुलिखेल–सिन्धुली–बर्दिबास भएर गुड्ने सवारीसाधनका अधिकांश यात्रुको मुख्य कोसेली जुनार नै बन्दै गएको छ ।

खनियाँखर्कमा केहीबेर विश्राम गर्न रोकिएका यात्रु अहिले जुनार किन्न तँछाडमछाड गरिरहेको दृश्य रोचक देखिन्छ । यहाँको जुनारले छिमेकी जिल्लालगायत काठमाडौँ र भारतका विभिन्न सहरसम्म निकै लोकप्रियता पाएको छ ।

सिन्धुलीको खनियाँखर्क, जलकन्या, बाशेश्वर, भुवनेश्वरी, तीनकन्यालगायतका ठाउँमा जुनारको व्यावसायिक खेती गरिँदै आएको छ। कृषकहरुले जुनार खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ०४ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल