संस्थापन इतर समूहले सभापतिको टुंगो लगाउन सकेन « Khabarhub

संस्थापन इतर समूहले सभापतिको टुंगो लगाउन सकेन

शशांकको समर्थन पौडेललाई, शेखर र प्रकाशमानको दाबी यथावत


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साझा उम्मेदवार तय गर्ने भन्दै मंगलबार दिनभर गणेशमान भवन चाक्सीबारीमा भएको पौडेल पक्षीय नेताहरुको बैठकले साझा उम्मेदवार तय गर्न सकेन । सभापतिका चार आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइरालासहित केन्द्रीय सदस्यहरुको बैठक चाक्सीबारीमा बसेको थियो ।

बैठकमा महामन्त्री शशांक कोइरालाले आफ्नो समर्थन पौडेललाई रहेको भन्दै आफू सभापतिको उम्मेदवार नहुने घोषणा गरे । तर, प्रकाशमान सिंह र शेखर कोइरालाले भने दाबी नछाडेपछि मंगलबार सभापतिको टुंगो लाग्न सकेन । यसअघि ४ आकांक्षी भएकोमा अब सो समूहमा तीन आकांक्षी बाँकी रहेका छन् ।

डा. शेखर कोइरालाले आफू सभापतिको उम्मेदवारीबाट पछाडि नहट्ने बताए । खबरहबसँग कुरा गर्दै उनले आफ्नो दाबेदारी कायम रहेको बताए ।

बैठकपछि कांग्रेसका वरिष्ठ नेता पौडेलले साझा उम्मेदवारीको विषयमा सहमति नजिक पुगेको बताए । उनले केही प्रक्रियाहरू पूरा गरेर बुधबार साँझसम्ममा निर्णय सार्वजनिक गर्ने जानकारी दिए। महाधिवेशनमा कसरी पार्टी जोगाउन सक्छौँ भन्नेबारेमा छलफल गरेर एउटा निष्कर्षमा पुगेको उनको भनाइ छ ।

त्यस्तै कांग्रेस महामन्त्री शशांक कोइरालाले सहमतिका लागि आफू मार्गप्रसस्त गर्न तयार रहेको र अन्य नेताका बीचमा सहमति हुने बताए । पौडेल पक्षको बुधबार पनि बैठक बस्ने छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ८ : ०५ बजे

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा