पौैडेल पक्षीय युवा नेताहरु आन्तरिक छलफलमा « Khabarhub

पौैडेल पक्षीय युवा नेताहरु आन्तरिक छलफलमा


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४औँ महाधिवेशनको दिन नजिकिँदै जाँदा आन्तरिक छलफलहरुले तिव्रता पाएको छ ।

फेरि सभापतिमा उठ्ने तयारी गरेका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा शान्त रुपमा अगाडि बढिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा भने लगातार छलफलहरु भइरहेका छन् ।

पौडेल समूहमा सभापतिको उम्मेदवार बन्ने आकांक्षा राखेका नेताहरु ४ जना भएपछि यो समूहमा छलफलहरु धेरै भएका हुन् । मंगलबार दिनभर गणेशमान भवन चाक्सीबारीमा पौडेल समूहको बैठक भयो । तर, सो बैठकले ठोस निर्णय लिन नसकेपछि सो समूहका युवा नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

बत्तिसपुतलीस्थित अनुपम फुढल्याण्डमा युवा नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, जीवन परियार, गुरुराज घिमिरे, सरिता पर्साइँ, रत्ना शेरचन, बद्री पाण्डे, रामकृष्ण यादवलगायतका नेताहरुको बैठक जारी छ ।

मंगलबार चाक्सीबारीमा भएको बैठकको समीक्षा र अन्य रणनीति तय गर्न यो बैठक भएको हो । केन्द्रीय सदस्य गुरुराज घिमिरेले चाक्सीबारीको बैठक सकरात्मक रहेको बताए । उनले बत्तिसपुतलीको बैठक पनि साझा उम्मेदवारीका विषयमा दबाब बढाउने उद्देश्यले भएको उनले बताए ।

उनले साझा उम्मेदवार नबाए परिणाम आफूहरुको पक्षमा नआउने भन्दै नेताहरुले त्याग गर्नुपर्ने बेला आएको बताए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिका आकांक्षी छन् । मंगलबारको बैठकमा सभापतिका अर्का आकांक्षी महामन्त्री डा शशांक कोइरालाले वरिष्ठ नेता पौडेलको समर्थनमा आफू उम्मेदवार नहुने बताएपछि यो समूहमा अब सभापतिका आकांक्षी तीन जना बचेका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ८ : ३८ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल