पौैडेल पक्षीय युवा नेताहरु आन्तरिक छलफलमा « Khabarhub

पौैडेल पक्षीय युवा नेताहरु आन्तरिक छलफलमा


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४औँ महाधिवेशनको दिन नजिकिँदै जाँदा आन्तरिक छलफलहरुले तिव्रता पाएको छ ।

फेरि सभापतिमा उठ्ने तयारी गरेका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा शान्त रुपमा अगाडि बढिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा भने लगातार छलफलहरु भइरहेका छन् ।

पौडेल समूहमा सभापतिको उम्मेदवार बन्ने आकांक्षा राखेका नेताहरु ४ जना भएपछि यो समूहमा छलफलहरु धेरै भएका हुन् । मंगलबार दिनभर गणेशमान भवन चाक्सीबारीमा पौडेल समूहको बैठक भयो । तर, सो बैठकले ठोस निर्णय लिन नसकेपछि सो समूहका युवा नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

बत्तिसपुतलीस्थित अनुपम फुढल्याण्डमा युवा नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, जीवन परियार, गुरुराज घिमिरे, सरिता पर्साइँ, रत्ना शेरचन, बद्री पाण्डे, रामकृष्ण यादवलगायतका नेताहरुको बैठक जारी छ ।

मंगलबार चाक्सीबारीमा भएको बैठकको समीक्षा र अन्य रणनीति तय गर्न यो बैठक भएको हो । केन्द्रीय सदस्य गुरुराज घिमिरेले चाक्सीबारीको बैठक सकरात्मक रहेको बताए । उनले बत्तिसपुतलीको बैठक पनि साझा उम्मेदवारीका विषयमा दबाब बढाउने उद्देश्यले भएको उनले बताए ।

उनले साझा उम्मेदवार नबाए परिणाम आफूहरुको पक्षमा नआउने भन्दै नेताहरुले त्याग गर्नुपर्ने बेला आएको बताए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिका आकांक्षी छन् । मंगलबारको बैठकमा सभापतिका अर्का आकांक्षी महामन्त्री डा शशांक कोइरालाले वरिष्ठ नेता पौडेलको समर्थनमा आफू उम्मेदवार नहुने बताएपछि यो समूहमा अब सभापतिका आकांक्षी तीन जना बचेका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ८ : ३८ बजे

कुुखुराको अण्डाको मूल्यमा भारी वृद्धि

चितवन– नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्यमा भारी वृद्धि गरेको

घलेगाउँ सांस्कृति भवनको उद्घाटन गर्दै प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोट

तनहुँमा ८ हजार ३६६ मतदाता थपिए

तनहुँ– तनहुँ जिल्लामा आठ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्

सडक मापदण्डभित्रका बासिन्दालाई क्षतिपूर्ति दिइँदै

गुल्मी– मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक क्षेत्रका स्थानीयलाई क्षतिपूर्तिबापतको रकम

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

रुपन्देही– भैरहवास्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८२–८३ को पहिलो