प्रदेश २ मा ३० प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप « Khabarhub

प्रदेश २ मा ३० प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाल सरकारले अगामी पुससम्म ६६ प्रतिशत र चैत मसान्तसम्म नेपालमा कोरोनाविरुद्धको पूर्ण खोप लगाइसक्ने लक्ष्य राखेको छ। तर, अहिलेसम्म प्रदेश २ मा ३० प्रतिशतले मात्र पूर्ण खोप लगाएका छन् ।

प्रदेश २ स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार २० मंसिर सम्ममा ८ वटै जिल्लामा अहिलेसम्म ३० दशमलव ४३ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन् ।

प्रदेश २ स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार अहिलेसम्म सप्तरीमा ३० दशमलव ३१, सिरहामा २९ दशमलव ५७, धनुषामा ३२, महोत्तरीमा २७ दशमलव ७४ प्रतिशत नागरिकले मात्रै कोभिड(१९ विरुद्धको पूर्ण खोप लिएका छन् । त्यसैगरि सर्लाहीमा सबैंभन्दा बढी ३४ दशमलव ५४, रौटहटमा २९ दशमलव ४१, बारामा ३० दशमलव ६४ र पर्सामा २७ दशमलव ७५ प्रतिशत नागरिकले मात्रै पूर्ण खोप लिएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रदेश २ का स्वास्थ्य निर्देशक विजय झाले जिल्लाहरुमा कोरोनाविरुद्धको खोप अहिले पर्याप्त मात्रामा रहे पनि सर्वसाधारणले लगाउन नचाहेको बताए । ुकोरोना कहर हामीसामु अझैं बाँकी रहेको छ । नयाँ नयाँ भेरियन्ट आइरहेका छन्,ु उनले भने, ‘तर, पनि ग्रामिण क्षेत्रमा कतिपय व्यक्ति खोप लगाउन डराइ रहेका छन् ।’

‘खोप हाम्रो स्वास्थ्यका लागि अति आवश्यक हो । तर, पनि कतिपय व्यक्ति यसको सकारात्मक पक्षलाई नजरअन्दाज गरेर लापरबाही गरिरहेका छन्,’ निर्देशक झाले भने, ‘अहिले खोप लगाउन हामीले वडा(वडामा टोली परिचालन गरेका छौं।’

उनले जिल्लाका स्वास्थ्य कार्यालयमा पनि खोप लगाउने काम भइरहेको भए पनि अपेक्षा अनुसार मानिसहरुले खोप नलागएको बताए ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  १० : ४० बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर