मटकोर सम्पन्न, भोलि स्वयंवर र विवाह हुने « Khabarhub

मटकोर सम्पन्न, भोलि स्वयंवर र विवाह हुने


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– रामजानकी विवाहपञ्चमी महोत्सवअन्तर्गत मंगलबार मटकोर कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार दिउँसो जानकी मन्दिरबाट बाजागाजासहितका टोली धार्मिक तथा पौराणिक महत्त्वको गंगासागर पोखरीमा पुगेर मटकोर कार्यक्रम गरेको हो ।

नेपाली सेनाको ब्याण्डबाजा तथा स्थानीय जयनुल व्याण्डपार्टीका कालाकारहरूले बजाउने बाजागाजाको धुनमा रमाउँदै हजारौंको संख्यामा श्रद्धालुभक्तजन मटोरमा सहभागी भएका थिए ।

मिथिलामा विवाह पूर्व बेहुला र बेहुलीलाई मटकोर गर्ने चलन रहेको छ । सोही चलन अनुसार जानकी मन्दिरका छोटा महन्त रोशन दासको नेतृत्वमा मटकोर सम्पन्न भएको छ ।

मटकोरको क्रममा गंगासागरको पोखरीबाट माटोलाई विवाहका लागि मण्डव तयार गरिने चलन रहेको छ । मटकोरको क्रममा सेभ हिस्टोरिकल जनकपुरधामले दैनिक साँझ आयोजना गरिने गंगा आरतीको दिउँसै गरेको थियो ।

सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौंथौं दिन तिलकोत्सव र पाँचौँ दिन मटकोर विधि सम्पन्न भएको छ । भोलि छैंटौं दिन स्वयंवर राति वैवाहिक कार्यक्रम र अन्तिम दिन बिहीबार रामकलेवा गरी महोत्सव सम्पन्न हुनेछ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  १० : ५५ बजे

इराकी सुरक्षाबलको कारबाहीमा सात आतंककारी मारिए

बग्दाद– इराकी सुरक्षाबलले दुई छुट्टाछुट्टै कारबाहीका क्रममा सात जना आतंककारी

पर्यटनको प्रतीक्षामा जिरी

दोलखा–  ‘स्विट्जरल्यान्ड अफ नेपाल’ को उपनामले परिचित जिरी दोलखा जिल्लाको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार बस्ने

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

नेपालगन्ज– निर्वाचनको मिति नजिकिएसँग बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन आचारसंहिता

अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने

एजेन्सी– अमेरिकी सांसदहरूको एक प्रतिनिधिमण्डल यस साता ग्रिनल्याण्डको राजधानी नूक