आज २०७७ पुस २४ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०७७ पुस २४ गते शुक्रबारको राशिफल


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७७ पुस २४ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

रोकिएका काम फेरि सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । न्यायीक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध प्रगाढ बन्नेछ ।

वृष (इ, , , , वा, वि, वु, वे, वो)

अनुहारमा कान्ती र मनमा शान्ति छाउला । विपरित लिंगीप्रति विशेष आकर्षण बढ्नेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु परे पनि तपाईँकै जित हुने योग छ ।

मिथुन (का, कि, कु, , , , के, को, हा)

आजको दिन उत्साहजनक ढंगले बित्नेछ । योजना कार्यान्वयनका लागि उपयुक्त समय छ । मनमा उत्साह र उमंग छाउला । आत्मबलमा बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । प्रेममा सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पारिवारिक सद्भाव बढ्नेछ । विपरित लिंगीबाट विशेष सहयोग मिल्ला । शरीर आलश्य होला । खानपानमा विशेष ध्यान दिनु होला । अध्ययन अध्ययापन सोचेजस्तो हुने छैन । कारोबार गर्दा सचेत रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

छोटो यात्राको योग छ । साथीभाईको जमघट हुनेछ । आम्दानी बढे पनि अनावश्यक ठाउँमा धन खर्च हुँदा बचत हुनेछैन । बोली विपरितको अर्थ लाग्दा प्रेममा मनमुटाव हुन सक्छ ।

कन्या (टो, पा, पि, पु, , , , पे, पो)

रोकिएका काम अघि बढ्न सक्छन् । आफ्ना योजना गोप्य राख्दा राम्रो हुनेछ । साथीभाईसँगको भेटघाटले मन प्रसन्न हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । स्वादिष्ट भोजन पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष पनि छाउनेछ । प्रेममा बाधा आउन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मित्र मिलनको योग छ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । व्यापार व्यवसाय गर्नेका लागि पनि समय श्रेष्ठकर छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

नयाँ योजना कार्यान्वयनमा आउन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढे पनि शैक्षिक क्षेत्र मध्यम नै रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पहिचान हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

कला र गलाको प्रभाव बढ्नेछ । मनका शान्ति र कान्ती छाउनेछ ।  शुभ समाचार सुन्न पाइएला । मेहनतको प्रशंसा गर्नेहरूको कमी हुने छैन । नयाँ कामको प्रस्ताव आउनेछ । मनमा हर्ष र उमंग छाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

हर्ष र उमंग छाउनेछ । लामो समयदेखि अधुरा रहेका काम पूरा हुनेछन्। साथिभाईको सहयोग रहनेछ । छिट्टै विश्वास गर्दा धोका पाइएला । लेनदेनमा विवाद आउन सक्छ । अध्ययन अध्यापन मध्यम हुनेछ ।

मीन (दि, दु, , , , दे, दो, चा, चि)

जोश जाँगर र हिम्मत बढ्नेछ । काममा सफलता मिल्ला । साथिभाईको सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धन आउन सक्छ। वित्तीय संस्थाबाट सहयोग मिल्नेछ । खर्च पनि बढ्नेछ ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ५ : ३३ बजे

नास आईटीको आयोजनामा ‘नेपाल टेक रोडशो यूके २०२६’ सम्पन्न, अन्तर्राष्ट्रिय बजार विस्तारमा जोड

बेलायत– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी)

फेरि निखिलको एब्सको चर्चा !

काठमाडौं – ‘नाँच्न जान्दिनँ’ भन्ने निखिलले फिल्म ‘आचार्य’को गीत ‘लै

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले