दर्ता बिनै चलेको ‘ग्राण्डी सिटी हस्पिटल’लाई कारवाही हुन के ले रोक्यो ? « Khabarhub

दर्ता बिनै चलेको ‘ग्राण्डी सिटी हस्पिटल’लाई कारवाही हुन के ले रोक्यो ?



काठमाडौँ– देशको राजधानी काठमाडौँमा रहेको ‘ग्राण्डी सिटी हस्पिटल’ बिगत ७ वर्षदेखि राज्यको कुनै पनि निकायमा दर्ता नभई सञ्चालन भइरहेको छ । बिना दर्ता सञ्चालनमा रहेको अस्पतालबारे सरोकारवाल निकाय जानकार भए पनि कानूनी दायरामा ल्याउन कुनै पहल गरेको छैन ।

अस्पताललाई कानूनी दायरामा ल्याउन माग गर्दै ६ महिना अघि असार उजुरी परेपछि स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखाले अस्पतालको विवरण खोजेको थियो ।

महाखाशाले गत असार ३१ गते ग्राण्डी सिटी हस्पिटललाई पत्राचार गरी संस्थाको स्वास्थ्य सेवा सञ्चालन स्वीकृति दिने निकायको प्रमाणित प्रतिलिपि ३ दिनभित्र पठाउन निर्देशन पनि दियो । तर अस्पतालले कुनै जवाफ पठाएको छैन् । विभागको पत्रलाई नै अहिलेसम्म वेवास्ता गरेर बसेको छ । अहिलेसम्म पनि अस्पताल प्रशासनले विभागमा सम्पर्क नै गरेको छैन ।

महाशाखाले गत असार २६ गते बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रलायको स्वास्थ्य निर्देशनालयलाई पत्राचार गरी अस्पतालको दर्ता प्रक्रिया समेत सोधेको थियो ।

त्यस लगत्तै बाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयले गत साउन ८ गते जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँलाई पत्राचार गर्दै उक्त अस्पतालको दर्ता प्रक्रियाबारे सोधेको थियो ।

सोही विषयमा जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले खोजी गर्दा ग्राण्डी सिटी अस्पताल दर्ता नभएको फेला परेको थियो । त्यसपछि महाशाखाले कारवाही प्रक्रिया अघि बढाउन छानवीन समिति गठन गर्‍यो । तर छानवीन समिति गठन भएको ५ महिना बितिसक्दा पनि परिणाममुखी काम अहिलेसम्म भएको छैन ।

यता उपचारात्मक शाखाका प्रमुख रमेश खरेल भने अहिले कर्मचारी सरुवा भएकाले काम रोकिएको बताउँछन् । छानविनका लागि गठित समितिले ५ महिनासम्म के काम गर्‍यो त ? खबरहबको सोधेको प्रश्नमा खरेल जवाफ दिन्छन्, ‘यसबीचमा महाशाखाका पुराना निर्देशक सरुवा भए नयाँ निर्देशक कार्यालयमा प्रवेश गरिसकेका छैनन् त्यसकारण त्यो काम प्रक्रियामै अड्किएको होला ।’

यसरी सुरु भएको थियो अस्पताल
ज्योति भवन कान्तिपथमा रहेको ग्राण्डी सिटी हस्पिटल सन् २०१३ मा धापासीमा रहेको ग्राण्डी इन्टरनेशनल हस्पिटलको शाखाको रूपमा सञ्चालन भएको थियो। सञ्चालकबीचको मतभेदले कान्तिपथमा रहेको शाखा अस्पताल ‘ग्राण्डी सिटी हस्पिटल’ नामले मात्र सञ्चालन हुन थाल्यो ।

ग्राण्डी सिटी हस्पिटल कुनै निकायमा दर्ता नभएको भनेर परेको उजुरीका सम्बन्धमा हस्पिटल प्रशासनसँग जानकारी माग्ने प्रयास गर्दा कुनै जानकारी उपलब्ध भएन । विना दर्ता सञ्चालित ग्राण्डी सिटी हस्पिटलले कान्तिपथको ज्योती भवनमा भाडासमेत नतिरी जवर्जस्ती बसेको पाइएको घरबेटीले नै गुनासो गरेका छन् ।

अस्पताल सञ्चालकले अस्पताल सञ्चालन गर्दा कुनै सम्झौतामा सही नगरेको र बहाल रकम दिनसमते आलटाल गर्दै आएको बुझिएको छ । देशकै राजधानीमा मानिसको उपचार गर्ने भन्दै खोलिएको अस्पताल कानूनी प्रक्रिया पूरा नगरी चल्दा सरोकारवाला निकायले कानूनको दायरामा ल्याउन सकेको छैन् ।

मानिसको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य संस्था नै नियमनको दायरामा नहुनुले नियामक निकायको कामलाई नै प्रश्न उठाएको छ ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  १० : १३ बजे

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन २३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २३ गते शनिबार सन् २०२६

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत