युट्युबरको ‘कन्टेन्ट’ चोरी गरेर कमेडी च्याम्पियनमा छनोट ! « Khabarhub

युट्युबरको ‘कन्टेन्ट’ चोरी गरेर कमेडी च्याम्पियनमा छनोट !


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रियालिटी शो कमेडी च्याम्यियनको दोस्रो सिजनले यतिबेला चर्चा कमाएको छ । यो सिजनको फिजिकल अडिसनमा छनोट भएका प्रतिस्पर्धी तापेश्वर सिंहले एक युट्युबरको कन्टेन्टलाई जस्ताको तस्तै कमेडी च्याम्पियनको स्टेजमा प्रस्तुत गरेका थिए ।

अझ रमाइलो कुरा त के छ भने, उनले प्रस्तुतिपछि ‘गोल्डेन की’ पनि जितेका थिए । सिरहाका तापेश्वर सिंहले चोरी गरी प्रस्तुति दिएको खुलेपछि कमेडी च्याम्पियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘कमेडी च्याम्पियन सिजन २ का एक कमेडीयनले अडिसनको कन्टेन्ट एक युट्युबरको कमेडी कन्टेन्टसँग मेल खान गएकोमा कमेडी च्याम्पियन परिवारको गम्भीर ध्यान आकर्षण भएको छ,’ कमेडी च्याम्पियन टिमले भनेको छ, ‘यसलाई लिएर हाम्रो टिमका बीच छलफल जारी छ र शीघ्र कदम चालिनेछ ।’

कमेडी च्याम्पियन टिमले भने ती प्रतिस्पर्धीको नाम खुलाएको छैन । दर्शकले भने अर्का कमेडीयन स्ट्यान्डअप कमेडीयन ‘युकेजी’ को कन्टेन्ट र उनले विभिन्न प्रस्तुतिमा बोलेको ‘ओएमजी आई एम सक्ड’ थेगोलाई कमेडी च्याम्पियनका एक प्रतिस्पर्धीले प्रयोग गरेकोप्रति आशंका गरेका छन् ।

कमेडीयन उमेश युकेजीले व्यक्तिले रियालिटी शोमा आफ्नो प्रस्तुति दिनुपर्नेमा अरुको चोरी गर्दा दुःखी लागेको प्रतिक्रिया दिएका छन् ।

यसअघि नेप–जिएसएमको आधिकारिक युट्युब च्यानलबाट प्रसारण भएका स्ट्यान्डअप कमेडीमा उमेशले ‘ओएमजी आई एम सक्ड’ भन्दै आएका थिए ।

कमेडी च्याम्पियनको पहिलो सिजनले गतवर्ष राम्रो चर्चा कमाएको थियो । तर, यसपटक भने चोरीको कन्टेन्ट प्रस्तुत प्रतिस्पर्धी छानिएपछि शुरु नहुँदै विवादमा तानिएको छ ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ११ : ३१ बजे

नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं- भारतीय उपमहाद्वीपमा मेजरिंग टुल्स उत्पादन गर्ने एक फ्रीमांसले नेपाली क्रिकेटर

घरमै लड्दा टाउकोमा चोट लागेर चर्चित निर्देशक सञ्जय गुप्ताको निधन

काठमाडौं– भारतीय फिल्म उद्योगले एक अनुभवी फिल्मकर्मी गुमाएको छ ।

रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले