इरानमाथिका सबै प्रतिबन्ध हटाउन अमेरिकालाई सर्वोच्च नेता खामेनीको माग « Khabarhub

इरानमाथिका सबै प्रतिबन्ध हटाउन अमेरिकालाई सर्वोच्च नेता खामेनीको माग


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पश्चिमा मुलुकले संयुक्त राज्य अमेरिकालाई आफ्नो मुलुकमाथिका सबै प्रतिबन्ध हटाउन दवाव दिनुपर्ने इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले बताएका छन् ।

आइतवार इरानी राज्य सञ्चालित तस्निम समाचार एजेन्सीले खामेनीलाई उद्धृत गर्दै उक्त समाचार लेखेको छ ।

खामेनीले इरानी सेनाको एयर कमान्डरहरूसँगको एउटा कार्यक्रममा इरानलाई सन् २०१५ को आणविक सम्झौताको पूर्ण पालनमा फिर्ता भएको हेर्न चाहन्छन् भने सबैले अमेरिकालाई प्रतिबन्ध हटाउन दबाब दिन पर्ने बताए ।

‘उनीहरू (यूरोपेली मुलुक)ले यदि इरान सन् २०१५ मा विश्वका प्रमुख शक्ति राष्ट्रहरूसँग गरेको बृहत् कार्ययोजनामा फर्कन चाहन्छन् भने संयुक्त राज्य अमेरिकालाई इरानमाथिका सम्पूर्ण प्रतिबन्ध पूर्ण रूपमा हटाउन पहल गरून्,’ खामेनीले भने ।

अमेरिका र उसका युरोपेली सहयोगीहरूले सबै प्रतिबद्धताहरूको उल्लङ्घन गरेको दावी गर्दै खामानीले भने, ‘इरानमाथि यथास्थितिमा कुनै पनि सर्तहरू राख्ने अधिकार उनीहरूलाई छैन ।’

शुरुदेखि नै आफ्ना सबै दायित्वहरू इरानले पूरा गरेको दावी गर्दै खामेनीले भने, ‘इरानले मात्र सम्झौताको शर्त तय गर्ने अधिकार पाएको छ ।’

सन् २०१५ मा इरान र संयुक्त राज्य अमेरिका, बेलायत, रूस, फ्रान्स, चीन, जर्मनी र युरोपियन युनियनबीच इरानमाथिका आर्थिक प्रतिबन्ध हटाउने सहमतिपछि तेहरानले आफ्नो आणविक कार्यक्रमका केही अंशलाई कम गर्न वा फिर्ता लिन सहमत भएको थियो ।

सन् २०१८ मा अमेरिकी ट्रम्प प्रशासनले एकतर्फीरूपमा सम्झौताबाट पछि हटेको र इरानमा प्रतिबन्धको घोषणा गरेको थियो ।

अमेरिकाले सम्झौताबाट फिर्ता भएको घोषणापछि  इरानले पनि सम्झौताका वुँदाहरूबाट क्रमशः पछि हट्ने घोषणा गरेको थियो ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ६ : ४० बजे

लागुऔषधसहित सात जना पक्राउ

काठमाडौँ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति

कैलाली– कैलालीको चुरे गाउँपालिकास्थित सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति सुरु भएको छ

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगञ्ज– बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । अनौपाचारिक

सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– चितवनको कालिका नगरपालिकाले तोकिएको समयमै प्रशासकीय भवन निर्माण नगरेको

मौसम खुल्दा ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

ताप्लेजुङ– दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ सेताम्मे