बाइडन अमेरिकाको एकताप्रति प्रतिबद्ध छन् ? | Khabarhub Khabarhub

बाइडन अमेरिकाको एकताप्रति प्रतिबद्ध छन् ?



जनवरी २० को शपथ ग्रहणका क्रममा राष्ट्रपति जो बाइडनले एक यादगार भाषण गरेका छन् । उदण्ड राजनीतिले अमेरिकाको एकतालाई नै विग्रह गर्ने प्रयास भइरहँदा राष्ट्रपति बाइडनले खण्डित हुँदै गरेको देशमा एकता गर्ने प्रयास आफ्नो भाषणबाट गरे ।

भाषणमा प्रयोग गरिएका शब्द राम्रा र स्वागतयोग्य भए पनि केही खल्लोपन थियो । राष्ट्रपति बाइडनले राष्ट्रपतिको कार्यभार समालेको पहिलो दिनमा नै केही निश्चित निर्णय गर्ने उद्घोष शपथ ग्रहण गर्नुअघि नै गरिसकेका थिए ।

उनका केही निर्णयले अमेरिकामा थप विभाजन ल्याउने खतरा छ । कार्यभार समालेको पहिलो हप्तामा नै बाइडनले चालीस वटा कार्यकारी निर्णय लिइसकेका छन् । कुनै अमेरिकी राष्ट्रपतिले कार्यकालको पहिलो हप्तामा लिएको यो सबैभन्दा धेरै निर्णय हो ।

उनले गरेका निर्णयमा यस्ता धेरै विषय समावेश छन् जसमा अमेरिकीहरू बढी नै भावुक छन् । बाइडनले गरेको निर्णयमा स्वच्छन्द जीवन, आप्रवासन, जलवायु परिवर्तन र धार्मिक स्वतन्त्रता जस्ता विषय समावेश छन् । इतिहासदेखि नै अमेरिकामा आफू सहमत हुन नसकेको विषयमा छलफल र बहस गर्ने गरेको पाइन्छ । आफू असहमत रहेको विषयमा छलफल गर्दा कानूनी राज्यको मान्यता भने पालन गरेको पाइन्छ । यसले धेरै अमेरिकनको आवाज समेटेको हुन्छ यद्यपि यो एकदमै ढिलो र धेरै समय लाग्ने प्रक्रिया हो ।

बाइडनका केही कार्यकारी निर्णयमा खोट लगाउने ठाउँ छैन तर, यी निर्णय लिनुअघि प्रजातान्त्रिक विधिको पालना गर्नुको सट्टा कंग्रेसको भूमिका उपेक्षा गरियो, बहस र असहमति जनाउने ठाउँ दिइएन ।

बाइडनका केही कार्यकारी निर्णयमा खोट लगाउने ठाउँ छैन तर, यी निर्णय लिनुअघि प्रजातान्त्रिक विधिको पालना गर्नुको सट्टा कंग्रेसको भूमिका उपेक्षा गरियो, बहस र असहमति जनाउने ठाउँ दिइएन ।

यदि राष्ट्रपतिले देशमा देखिएको विभाजन कम गर्ने विषयमा सोचेका थिए भने त्यसका लागि उनले पहिला धरातल बनाउने थिए । त्यसका लागि उनले रिपब्लिनक र डेमोक्रेट सहमत हुन सक्ने साझा मुद्दाको पहिचान गर्ने थिए । यदि राष्ट्रपति बाइडनले देशलाई साँच्चै एक बनाउन चाहेको भए देशका साझा समस्या उनले आफ्नो पहिलो दिनको निर्णयमार्फत सम्बोधन गर्ने थिए ।

उदाहरणका लागि, उनले कोरोना महामारीसँग जुध्न र आम जनजीवनमा त्यसले पारेको प्रभावबाट बच्न तीन चरणको कार्यक्रम घोषणा गर्न सक्थे । उनले स्वपरीक्षणको प्रक्रिया तिव्र बनाउने थिए । विद्यालय खोल्ने र आवश्यक पर्ने भ्याक्सिनको प्रवन्ध मिलाउने घोषणा गर्न सक्थे । त्यसको सट्टा उनले आफ्नो पूर्ववर्ती सरकारले लिएको नीति उल्टाउँदै आफ्नो निर्णय कार्यान्वयन गर्ने बाटोमा गए । यस्ता निर्णयले अमेरिकालाई थप विभाजन गर्नेछ भने अमेरिकीहरूलाई आर्थिक हिसाबमा कम अवसर उपलव्ध हुनेछ ।

यहाँ हामी उनले लिएको जलवायु परिवर्तनसँग सम्बन्धित दुई वटा निर्णय हेरौँ । एउटा की स्टोन एक्सएल पाइप लाइन रद्द गर्ने र अर्को अमेरिकालाई पेरिस जलवायु सम्झौतमा एकाकार गर्ने ।

करिब ८ बिलियन अमेरिकी डलर बराबरको पाइपलाइनले अमेरिकाको दुवै दलको समर्थन पाएको थियो । यसले हजारौँ रोजगारी सिर्जना गरेको थियो । यो परियोजनाको काम सकिएर कार्यान्वयनको चरणमा प्रवेश गर्दा यसबाट ८३ लाख ब्यारल क्यानेडियन तेल प्रशोधन गर्न गल्फकोस्ट पुर्‍याउन सकिने थियो । व्यावहारिक रूपमा यसले वातावरणलाई कुनै प्रभाव पार्ने पनि थिएन ।

यो परियोजना रद्द हुँदा अमेरिकी ऊर्जा सुरक्षामा प्रभाव मात्रै पर्दैन, यो निर्णय प्रत्युत्पादक पनि हुन सक्छ । परियोजना रद्द भएसँगै अब ऊर्जा उत्पादकहरूले कच्चा तेल आयात गर्न खोजिमपूर्ण बाटो रोज्नुपर्नेछ । यस्तो बाटो अपनाउँदा त्यसले वातावरणमा पनि प्रभाव पार्ने देखिन्छ । अर्को बाटो अपनाउँदा त्यसको आर्थिक भार पनि बढी हुनेछ ।

जहाँसम्म पेरिस जलवायु परिर्वतन सम्झौतामा अमेरिका फेरि जोडिने कुरा छ, त्यसले अमेरिकालाई खासै फाइदा पु¥याउने छैन बरु ठूलो खर्च हुनेछ । जलवायु परिवर्तन सम्बन्धी तत्काल फाइदा पाउन विश्वभरका देशले ऊर्जा खपतमा एकरूपता ल्याउनुपर्छ अथवा अविकसित रहनुपर्छ । यी दुवै विकल्प यथार्थबाट टाढा छन् ।

केही अतिवादीहरू पाइपलाइन परियोजना रद्द हुँदा र पेरिस जलवायु सम्झौतमा अमेरिकाले प्रतिबद्धता जनाउँदा खुशी भएका छन् । यी निर्णयका दुस्प्रभावका कारण अमेरिकी अर्थतन्त्रमा पर्ने प्रभाव झेल्न भने अमेरिकीहरू तयार छैनन् ।

जब ओबामा प्रशासनले पेरिस जलवायु परिवर्तन सम्झौतमा हस्ताक्षर गर्दै ऊर्जा उत्सर्जनमा कमी ल्याउने नीति लिएको थियो । त्यस बखत नै अमेरिकाका केही अनुसन्धान संस्थाहरूले त्यसको प्रभाव स्वरूप चार सदस्य रहेको एउटा परिवारले सन् २०३५ सम्म कम्तीमा २० हजार अमेरिकी डलर बराबरको आम्दानी गुमाउने अनुमान गरेका थिए ।

यो नीतिले वार्षिक ४ लाख रोजगारी गुम्ने उनीहरूको विश्लेषण थियो । यसका कारण २ दशमलव ५ ट्रिलियन बराबरको कुल गार्हस्थ उत्पादनमा कमी आउने अनुमान गरिएको थियो ।

ओबामा प्रशासनदेखि बाइडन प्रशासनसम्म आइपुग्दा ऊर्जा उत्सर्जनको दर बढिसकेको छ । त्यसैले यस्तो नीतिको प्रभाव अनुमान गरेको भन्दा बढ्ने निश्चित जस्तै छ ।

केही अतिवादीहरू पाइपलाइन परियोजना रद्द हुँदा र पेरिस जलवायु सम्झौतमा अमेरिकाले प्रतिबद्धता जनाउँदा खुशी भएका छन् । यी निर्णयका दुस्प्रभावका कारण अमेरिकी अर्थतन्त्रमा पर्ने प्रभाव झेल्न भने अमेरिकीहरू तयार छैनन् । आर्थिक वृद्धि र रोजगारी सिर्जनाका हिसाबले इतिहासकै कठिन मोडमा छौँ हामी । यस्तो अवस्थामा लिइएका यी दुई निर्णयले अमेरिकालाई फाइदा पुग्ने छैन ।

बाइडनले शपथ ग्रहण समारोहमा गरेको भाषण र उनको कार्यकारी निर्णयबीच कुनै तारतम्य छैन । उनको भाषण उत्कृष्ट हुँदा उनको निर्णयले भने खासै उत्साह दिन सकेन ।

यदि हाम्रा नयाँ राष्ट्रपतिले आफ्नो वाचाअनुरूप देशलाई अप्ठेरो अवस्थाबाट बाहिर निकाल्नुको सट्टा आफ्नो नीति मात्रै लाद्न थाले भने उनले एउटा सुनौलो अवसर गुमाउने छन् । त्यससँगै देशलाई एकजुट बनाउने वाचामा पनि उनी असफल हुनेछन् ।

(क्या सी. जेम्स द हेरिटेज फाउन्डेशनकी अध्यक्ष एवंम कन्जरभेटिभ आन्दोलनकी नेता हुन् । जनवरी २९, २०२१ मा द हेरिटेज फाउन्डेशनमा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

 

 

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ८ : २५ बजे

बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी

झापा– राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल

छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ को नागेश्वर सामुदायिक वनदेखि वडा नं

फ्रान्सको ‘स्ट्याचु अफ लिबर्टी’ कसरी पुग्यो अमेरिका ?

सन् १८५१ डिसेम्बर २ को रात १७ वर्षीय फ्रेडरिक अगस्ट

सागसब्जीका बेर्ना बेचेर एकै याममा दुई लाख आम्दानी

म्याग्दी– विगत ४१ वर्षदेखि व्यावसायिक रूपमा सागसब्जीका बेर्ना उत्पादन गर्दै

पूर्वगृहमन्त्री लामिछानेलाई चौथोपटक म्याद थपका लागि कास्की अदालत लगिँदै

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गोर्खा मिडिया नेटवर्कका