बिहारमा नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या « Khabarhub

बिहारमा नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या

मध्यरातमा जलाइयो शव


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको बिहारमा नेपाली बालिकाको बलात्कारपछि हत्या भएको छ । १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको हो ।

हत्यापछि मध्यरातमा जबरजस्ती उनको शव पनि जलाइएको आफन्तलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान र एक भाइरल अडियोले यो घटना स्थानीय प्रहरी चौकीका प्रमुखको मद्दतमा भएको खुलेको छ। एसपी नविनचन्द्र झाले बिबिसी हिन्दीसँग भनेका छन्, ‘जुन अडियो भाइरल भएको छ त्यसबाट स्पष्ट हुन्छ कि प्रहरी अधिकारी संजिव कुमार रन्जनको लापर्वाही र कर्तव्यहीनता यो घटनामा छ । उनलाई निलम्बन गरिएको छ र अनुसन्धानका लागि उनीविरुद्ध एफआईआर दर्ता हुनेछ।’

२१ जनवरीमा भएको यो घटनाको उजुरी फेब्रुअरी २ मा दर्ता भएको छ । जम्मा ११ जनाका विरुद्ध उजुरी दर्ता भएको छ। जसमध्ये चारजना अभियुक्त विनय साह, दिपककुमार साह, रमेश साह देवेन्द्र कुमार साहमाथि सामूहिक बलात्कार र हत्याको आरोप छ। अन्य सातजना जसमा घरधनी सियारामसाह पनि संलग्न छन् उनीहरुलाई जबरजस्ती शव जलाएर प्रमाण नष्ट गरेको आरोप लगाइएको छ।

यो घटनाको एफआईआर दर्ता भएलगत्तै फेब्रुअरी ५ मा एक अडियो भाइरल भएको छ जसमा २१ जनवरीमा कुन्डवा चैनपुरका चाैकी प्रमुख संजिव कुमार रन्जनले एक अभियुक्त रमेश साहसँग कुरा गरेका छन्। उक्त कुराकानीमा रन्जन अभियुत्त रमेशसँग भन्छन्, ‘शवको व्यवस्था गर र केटी चिसोले मरेको कागज बनाउ ।’

एसपी नवीनचन्द्र झाका अनुसार यो घटनामा दुईजना अभियुक्त पक्राउ परेका छन्। अन्यको खोजी भइरहेको छ।

बारबर्दिया नगरपालिकाका प्रवक्ता दुर्गात्रबहादुर बिकले घटना भएको थाहापाएलगत्तै आफूहरुले पीडित परिवारको न्यायका लागि पहल गरिरहेको बताए।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ९ : ४९ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ