एकै परिवारका चारभन्दा बढी सन्तान सैनिक सेवामा हुनेलाई सम्मान गरिँदै « Khabarhub

एकै परिवारका चारभन्दा बढी सन्तान सैनिक सेवामा हुनेलाई सम्मान गरिँदै


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाले पश्चिम पृतना मातहतका जिल्लाका चारभन्दा बढी सन्तान सेनामा भर्ती हुने परिवारलाई सम्मान गर्दैछ । भूतपूर्व सैनिक सम्मेलनका अवसरमा आगामी बुधबार सेनाले उनीहरुलाई सम्मान गर्न लागेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

उक्त क्षेत्रमा एकै परिवारका चार जना सेनामा भर्ना हुने परिवार सङ्ख्या नौ छ भने पाँच सन्तान सैनिक सेवामा रहेको परिवार सङ्ख्या दुई छ । गोर्खा घैरुङ–५ का जनककुमार पुडासैनी र पोखराका पार्वती साखीका पाँच–पाँच सन्तती सैनिक सेवामा छन् । यसअघि सम्पन्न सम्मेलनमा पनि एकै परिवारका चारभन्दा बढी सैनिक सेवामा रहने १७ परिवारलाई सेनाले सम्मान गरिसकेको छ ।

सेनाको कल्याणकारी कोषबाट सुविधा प्राप्त गर्ने उक्त क्षेत्रका १०१ वर्षीया एकल महिला गोरखा नगरपालिका–४ खड्गकुमारी ओली र बागलुङ नगरपालिका–९ का ९६ वर्षीय मनिराज थापा सबैभन्दा ज्येष्ठ छन् । उक्त सम्मेलनमा सहभागी हुन छ हजार ४९४ ले नाम दर्ता गराइसकेको सेनाले जनाएको छ ।

गण्डकी प्रदेश मुलुककै सबैभन्दा बढी भूपू सैनिक रहेको क्षेत्र हो । पछिल्ला वर्षमा सेनाले प्रत्येक प्रधानसेनापतिको कार्यकालमा प्रदेशगतरूपमा एक पटक भूपू सैनिक सम्मेलन गर्दै आएको छ । सम्मेलनका क्रममा हिताधिकारीले दिएका रायसुझावका आधारमा सेनाले उनीहरुको जीवनस्तर उकास्न शिक्षा, स्वास्थ्य, सीप र स्वारोजगार, सुविधा र सहुलियतका कार्यक्रमलाई सञ्चालन गर्दै आएको छ ।

मुलुकको पश्चिम क्षेत्र हुँदै अघि बढिरहेको भूपू सम्मेलन गत वर्षको फागुनमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढेसँगै स्थगित भएकामा पुनः बुधबार पोखराबाट शुरु हुँदैछ । यस पटकको मुख्य शिविर पश्चिम पृतनामा हुनेछ भने हिताधिकारीको सुविधालाई ध्यानमा राखी मातहतका जिल्लामा सहायक शिविर सञ्चालन हुने प्रवक्ता पौडेलले जानकारी दिए ।

सम्मेलनका क्रममा हिताधिकारीको गुनासो सैनिक नेतृत्वले सुन्नेछ भने उनीहरुको स्वास्थ्य उपचारका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिँदैछ । कोरोनाका कारण यस पटकको सम्मेलनमा हिताधिकारीको समावेशी प्रतिनिधिमूलक सहभागिता हुनेछ । हाल मुलुकभर भूपू सैनिक र पारिवारिक निवृत्तिभरणमा रहेका एकल महिलासमेतको सङ्ख्या ८५ हजारको हाराहारीमा छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १० : ४८ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा