साउथ स्टार सूर्यालाई कोरोना संक्रमण « Khabarhub

साउथ स्टार सूर्यालाई कोरोना संक्रमण


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– कोरोना संक्रमणबाट अझै पनि फिल्मकर्मीहरु अछुतो हुन सकेका छैनन् ।

बलिउडका अमिताभ बच्चन, अभिषेक बच्चनदेखि वरुण धवन र मलाइका अरोडासहित कैयौं सेलिब्रेटीहरु कोरोनाको चेपटामा परिसकेका छन् ।

अब यही सूचीमा दक्षिण भारतीय फिल्मका अभिनेता सूर्या पनि अँटेका छन् । यी अभिनेतालाई कोरोना संक्रमण देखिएपछि हाल उनको उपचार भइरहेको छ । यद्यपि उनले आफ्ना फ्यानलाई नआत्तिन र नडराउन आग्रह गरेका छन् ।

‘मलाई कोरोना संक्रमण भएको छ र मेरो उपचार भइरहेको छ । अहिले म ठिक छु । जीवन अहिले पनि सामान्य भइसकेको छैन । हामीले अझै पनि सुरक्षा र सावधानी अपनाउन बाँकी नै छ । यस्तो अवस्थामा मलाई साथ र सहयोग गर्नुहुने डाक्टर तथा मेडिकल स्टाफलाई विशेष धन्यवाद’, उनले ट्वीट गरेका छन् ।

सूर्याका मिल्ने साथी तथा निर्माता राजशेखर पण्डियनले पनि सूर्याको विषयमा चिन्ता नलिन फ्यानलाई आग्रह गरेका छन् । सूर्यालाई कोरोना संक्रमण भएको खबर सार्वजनिक हुनासाथ उनका फ्यानहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । उनीहरुले आफ्नो मनपर्ने अभिनेताको सिघ्र स्वास्थ्य लाभको कामना गरको छन् ।

हालै मात्र सूर्याको फिल्म ‘सोरारई पोटरु’ रिलिज भएको छ । फिल्मलाई दर्शकले निकै मनपराएका छन् ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ११ : १० बजे

कृष्णभीरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

चितवन– कृष्णभीरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालन गरिने

सर्वसुलभ प्रसूति सेवा उपलब्ध गराउन राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं- राष्ट्रियसभा सदस्यहरूले देशभर सर्वसुलभ र गुणस्तरीय प्रसूति सेवा उपलब्ध

रविले राख्दै आएको सर्वदलीय बैठक उच्चस्तरीय स्थायी राजनीतिक संयन्त्रमा परिणत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको

भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

ओखलढुङ्गा–  मानेभञ्ज्याङ गाउँपालिका–९ मा भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते