गोकर्णेश्वरमा फोहोर जलाउने ५ करोडको मेसिन अलपत्र « Khabarhub

गोकर्णेश्वरमा फोहोर जलाउने ५ करोडको मेसिन अलपत्र

प्रदूषणका डरले स्थानीयवासीको विरोध



काठमाडौँ— शहरी फोहोर व्यवस्थापनमा सोच निकै पुरानो छ । नगरपालिकाहरू उठाउँछन् र डम्पिङ साइटमा पुर्‍याउँछन् ।

यहाँका हरेक स्थानीय तहले आफ्ना क्षेत्रभित्र उत्पादन हुने फोहोर संकलन र व्यवस्थापनका लागि कर्मचारी राखेका छन् । नगरपालिकाहरूले प्रत्येक घरबाट फोहोर संकलन गर्ने व्यवस्था मिलाएका छन् । फोहोर पुर्‍याउन नागरपालिकाका गाडी ल्यान्डफिल साइटसम्म जान्छन् ।

त्यसो त अधिकांश जनप्रतिनिधिहरूले चुनावी माहोलमा स्थानीय तहका समस्या हल गर्ने एजेन्डामा फोहोर व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेका हुन्छन् । कतिपय जनप्रतिनिधिहरू त विभिन्न मुलुकको फोहोर व्यवस्थापन अध्ययन गर्न पनि जान्छन् ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे आफू निर्वाचित भएलगत्तै फोहोर व्यवस्थापनबारे बुझ्न जापान गए । चुनावका बेला आफूले गरेको वाचा पूरा गर्न कम्मर कसेर लागे । उनले जापानमा मेसिनले फोहोर जलाएको देखेपछि आफ्नो नगरमा पनि त्यस्तै मेसिन ल्याउने अठोट गरे ।

मेसिन आयो तर प्रयोग भएन

नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को अन्तिमतिर जापानको ‘चुहा स्टार’ कम्पनीबाट फोहोर जलाउने अत्याधुनिक दुई वटा मेसिन ल्यायो । नगर प्रमुख चालिसेले पाँच महिनाभित्र मेसिन प्रयोगमा ल्याउने बताए ।

मेसिनले कसरी फोहोर जलाउला भन्ने स्थानीयवासीको चासो जहाँको तहीँ छ । डेढ वर्ष बितिसक्दा पनि मेसिन प्रयोगमा आउन सकेको छैन । एक वर्षअघि मेसिन आइपुग्दा खुसी व्यक्त गर्दै नगर प्रमुख चालिसेले खबरहबसँग भनेका थिए, ‘फोहोर जलाउन ५ करोडको जापानिज मेसिन ल्याइसकेका छौँ । अब गोकर्णेश्वर एक उदाहरणीय नगर हुनेछ ।’

उनले नगरले उक्त मेसिन चलाउन पूर्वाधारको तयारी गरिरहेको र पाँच महिनाभित्र सञ्चालन हुने बताएका थिए । थप १५ महिना बितिसक्दा पनि मेसिन कहाँ राख्ने र कसरी सञ्चालन गर्ने भन्ने टुङ्गो लागेको छैन । मेसिनले फोहोर जलाउँदा वरपरको वातावरण प्रदूषित हुने भयले स्थानीयवासीले मेसिन राख्न नदिएको नगर प्रमुखको भनाइ छ ।

‘हामीले यहाँका बासिन्दालाई पटकपटक सम्झाउँदा पनि मान्नुभएन, उहाँहरूको सोचाइमा यो मेसिनबाट धेरै प्रदूषण हुन्छ र मानव स्वास्थ्यमा असर पर्छ भन्ने छ’ उनले खबरहबसँग भने, ‘हामी स्थानीय बासिन्दालाई कुरा बुझाउने क्रममा छौँ ।’

उक्त मेसिनका लागि ५ रोपनीसम्म जग्गा आवश्यक पर्ने भएकोले छलफलकै चरणमा रहेको उनले बताए ।

नगर प्रमुख चालिसेका अनुसार मेसिन राख्न ठूलो टहरो बन्नेछ । फोहोरका गाडी सिधै प्रवेश गर्नेछन् र फोहोर निकाल्दै बालिनेछ ।

एउटा मेसिनले दैनिक चार ट्रक फोहोर जलाउन सक्ने क्षमता रहेको उनले बताए । उपत्यकाका नगर क्षेत्रमध्ये गोकर्णेश्वर धेरै फोहोर उत्पादन हुने तेस्रो नगर हो, जहाँ दैनिक ६० मेट्रिक टन फोहोर उत्पादन हुन्छ ।

यस्ता छन् मेसिन

चालिसेका अनुसार मेसिनमा सय किलो फोहोर हाल्दा एक किलोभन्दा कम खरानी बन्छ । त्यो खरानी सिमेन्टमा घोलेर इट्टा बनाउन सकिन्छ ।

‘१३ सय डिग्रीको तापक्रम उत्सर्जन गर्ने गरी आगो बल्छ,’ चालिसेले भने, ‘फलामको ४ इन्ची डन्डीसमेत खरानी बनाउँछ ।’

फोहोर जलिरहँदा मेसिनको टुप्पोबाट धुँवा निस्कने र त्यो धुँवाले मानिसको स्वास्थ्यमा कुनै असर नपर्ने चालिसेको जिकिर छ ।

मेसिन प्रयोग हुन थालेपछि गोकर्णेश्वर नगरपालिका फोहोरबाट सुरक्षित हुने उनको दाबी छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  २ : ४५ बजे

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा

भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह

इलाम– भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया