नेपाली फरवार्ड अभिषेक रिजालले भारतीय लिग खेल्ने « Khabarhub

नेपाली फरवार्ड अभिषेक रिजालले भारतीय लिग खेल्ने


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका युवा फरवार्ड अभिषेक रिजाल इन्डियन (आई) लिग खेल्ने भएका छन् ।

उनले जारी सिजनको बाँकी खेल सन् २०१७ को विजेता टोली आइजवाल एफसीबाट खेल्ने भएका हुन् ।

यसअघि आई लिग छनोट टोली मोहम्देन एफसीबाट खेलेका उनले अहिले क्लब परिवर्तन गरेका हुन् ।

मोहम्मेदन आइ लिगमा छनोट भएपछि एएफसी खेलाडीको कोटामा बंगलादेशी कप्तान जमाल बुयानलाई अनुबन्ध गरेको थियो । जसले गर्दा अभिषेकले आइ लिग खेल्न पाएनन् ।

अभिषेक अहिले फिफा विश्वकप २०२२ छनोट खेलका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छन् ।

अब बाँकी सिजनका खेल भने अभिषेकले सन् २०१७ को आइ लिग च्याम्पियन टोली आइजवालबाट खेल्ने भएका हुन् । अभिषेकको सम्झौता मार्च सम्मको छ । भारतीय लिगका लागि अभिषेक केही दिनमा भारत जानेछन् ।

अहिले नेपालका नम्बर वान गोलकिपर किरण चेम्जोङ राउण्डग्लास पञ्जावबाट खेलिरहेका छन् ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १२ : ०० बजे

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ बुँदामा पढ्नुहोस् कार्की आयोग प्रतिवेदनको निष्कर्ष

काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र