एनआरआई युवतीसँग विवाह गर्दै प्रभाष « Khabarhub

एनआरआई युवतीसँग विवाह गर्दै प्रभाष


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दक्षिण भारतीय स्टार प्रभाष यतिबेला कैयौँ फिल्मका कारण चर्चामा छन् । फिल्मसँगै उनको प्रेमजीवनको पनि चर्चा हुने गरेको छ । प्रभाष दक्षिण भारतीय फिल्मको ‘हेण्डसम ब्याचलर’ हुन् ।

प्रभाषको नाम तेलुगु फिल्मको ‘लेडी सुपरस्टार’का रुपमा परिचित अनुष्का सेठ्ठीसँग जोडिँदै आएको छ । उनीहरु प्रेममा रहेको चर्चा चले पनि दुवैले यो विषयमा केही बोलेका छैनन् । यही परिप्रेक्ष्यमा प्रभाषसँग जोडिएको एक नयाँ खबर सार्वजनिक भएको छ । जुन खबरले उनका फ्यानहरु चकित परेका छन् ।

समाचार अनुसार प्रभाष चाँडै विवाहको तयारीमा छन् । तर उनको विवाह भने अनुष्कासँग नभई एनआरआई युवतीसँग हुँदैछ । प्रभाष अमेरिकास्थित एक सफ्वेयर कम्पनीको संस्थापकको छोरीसँग विवाह गर्दैछन् ।

जसका लागि दुवैका परिवारसँग कुराकानी भइसकेको छ । ती युवतीसँग विवाहका लागि प्रभाषले ग्रीन सिग्नल पनि दिइसकेका छन् ।

प्रभाष आफ्नो नयाँ फिल्म ‘राधे श्याम’ रिलिज पछि दुलाहा बन्ने तयारीमा छन् । यो कुराको प्रभाषले पुष्टि नगरे पनि यसै वर्ष उनले विवाह गर्ने उनी निकटकाले सञ्चारमाध्यमलाई सूचना दिँदै आएका छन् ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १ : ५९ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल