एनआरआई युवतीसँग विवाह गर्दै प्रभाष « Khabarhub

एनआरआई युवतीसँग विवाह गर्दै प्रभाष


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दक्षिण भारतीय स्टार प्रभाष यतिबेला कैयौँ फिल्मका कारण चर्चामा छन् । फिल्मसँगै उनको प्रेमजीवनको पनि चर्चा हुने गरेको छ । प्रभाष दक्षिण भारतीय फिल्मको ‘हेण्डसम ब्याचलर’ हुन् ।

प्रभाषको नाम तेलुगु फिल्मको ‘लेडी सुपरस्टार’का रुपमा परिचित अनुष्का सेठ्ठीसँग जोडिँदै आएको छ । उनीहरु प्रेममा रहेको चर्चा चले पनि दुवैले यो विषयमा केही बोलेका छैनन् । यही परिप्रेक्ष्यमा प्रभाषसँग जोडिएको एक नयाँ खबर सार्वजनिक भएको छ । जुन खबरले उनका फ्यानहरु चकित परेका छन् ।

समाचार अनुसार प्रभाष चाँडै विवाहको तयारीमा छन् । तर उनको विवाह भने अनुष्कासँग नभई एनआरआई युवतीसँग हुँदैछ । प्रभाष अमेरिकास्थित एक सफ्वेयर कम्पनीको संस्थापकको छोरीसँग विवाह गर्दैछन् ।

जसका लागि दुवैका परिवारसँग कुराकानी भइसकेको छ । ती युवतीसँग विवाहका लागि प्रभाषले ग्रीन सिग्नल पनि दिइसकेका छन् ।

प्रभाष आफ्नो नयाँ फिल्म ‘राधे श्याम’ रिलिज पछि दुलाहा बन्ने तयारीमा छन् । यो कुराको प्रभाषले पुष्टि नगरे पनि यसै वर्ष उनले विवाह गर्ने उनी निकटकाले सञ्चारमाध्यमलाई सूचना दिँदै आएका छन् ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १ : ५९ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल