बलिउडका कलाकार : जो सन्तानको मृत्युको साक्षी बने « Khabarhub

बलिउडका कलाकार : जो सन्तानको मृत्युको साक्षी बने


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउडका कलाकारहरु बाहिरबाट हेर्दा खुशी देखिन्छन् । तर निजी जिन्दगीमा भने उनीहरुको जीवन उतारचढावपूर्ण छ । बलिउडमा यस्ता कैयौं कलाकार छन्, जसले आफू जिउँदो रहँदारहँदै सन्तान शोक भोग्नु पर्यो ।

बलिउड अभिनेता, होस्ट तथा गायक शेखर सुमनका दुईइ छोरा थिए । तर उनको जेठो छोराको ११ वर्षको उमेरमै निधन भयो । पुत्र वियोग पछि शेखर र उनकी पत्नि यती दुःखित भए कि उनीहरुले आत्महत्या गर्ने योजना बनाएका थिए । उनको छोरा आयुषलाई एन्ड्रोकार्डियल फाइब्रोलास्टोसिस नामको एक दुर्लभ मुटु रोग थियो ।

आफ्नो अभिनयका कारण दर्शक हसाउने कलाकार महमूदको जिन्दगी कैयौंं मुस्किलले भरिएको छ । उनले आफ्नै आँखा अगाडि छोरा मेकीको मृत्यु देखे । मेकीको निधन ३१ वर्षको उमेरमा कार्डियक अरेस्टबाट भएको थियो । यो समयमा मेकी संगीत उद्योगमा पहिचान बनाउन लागेका थिए ।

अभिनेता कबीर बेदीको छोरा सिद्धार्थले २६ वर्षको उमेरमा डिप्रेसनका कारण आत्महत्या गरेका थिए । सूचना प्रविधिमा डिग्री हासिल गरेका उनी मास्टर्सका लागि अमेरिकाको क्यालिफोर्निया पुगेका थिए । पढाईको अवस्थामा नै उनी डिप्रेसनमा परेका थिए । उपचारमा उनलाई केही यस्ता औषधि दिइयो, जसकारण उनी निराश हुँदै गए । एकदिन पिता कबीरसँग सिद्धार्थले आत्महत्या गर्ने कुरा गरे । जुन कुराले कबीर झस्किएका थिए ।

प्रख्यात गायिका आशा भोसले आफ्नो ५६ वर्षकी छोरीलाई गुमाइसकेकी छन् । उनकी छोरी वर्षा पतिसँग सम्बन्धविच्छेद पछि डिप्रेसनमा थिइन् । जसकारण उनले आफैलाई गोली हानेर आत्महत्या गरिन् । वर्षाको निधन हुँदा आशा सिंगापुरमा थिइन् ।

दर्शकलाई हसाउन खप्पिस अभिनेता गोविन्दाले आफ्नो पहिलो छोरी गुमाइसकेका छन् । गोविन्दाको पहिलो छोरीको निधन ४ महिनामा भएको थियो । समय भन्दा अघि नै जन्मिएको कारण छोरीले आफूलाई बचाउन नसकेको गोविन्दले बताएका थिए ।

टलिउड र बलिउड फिल्ममा भिलेन बनेका अभिनेता प्रकाश राजले आफ्नो ५ वर्षको छोरा गुमाएका छन् । उनको छोरा चंगा उठाउदै गर्दा लडेको केही महिनापछि निधन भएको थियो ।

गजल किङ जगजीत सिंहको छोरा विवेकको एक कार दुर्घटनामा निधन भएको थियो । त्यो समय विवेक २० वर्षका मात्र थिए । छोराको मृत्युले जगजीत उनको पत्नी चित्रा महिनौं समयसम्म शोकमा डुबे । यही घटनापछि चित्राले आफ्नो गायकी करियरलाई सदाका लागि बिट मारिन् ।

कमेडियन अभिनेता राजीव निगमले सन् २०२० मा आफ्नो छोरालाई गुमाए । राजीवको जन्मदिनकै दिन नोभेम्बर ८ मा छोरा देवराजको निधन भएको थियो ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  २ : २६ बजे

सार्क कार्यक्रम समितिको ६१औँ बैठक सम्पन्न

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६१औँ

आज देशभरको मौसम पूर्वानुमान यस्तो छ

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विद्या भण्डारी भन्छिन्- एमाले महाधिवेशन निर्णायक मोड हो, प्रतिनिधि चयनमा सजगता अपनाऔं

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन

एनपीएल : लुम्बिनी र सुदूरपश्चिम भिड्दै, पहिलो जितको खोजीमा जनकपुर र पोखरा

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार

एआईमा भारतको लगानीः विशाखापट्टनममा ११ खर्ब डलरमा एआई केन्द्र बन्ने

नयाँ दिल्ली – भारतको रिलायन्स उद्योग समूहले क्यानडाली र अमेरिकी