बलिउडका कलाकार : जो सन्तानको मृत्युको साक्षी बने « Khabarhub

बलिउडका कलाकार : जो सन्तानको मृत्युको साक्षी बने


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउडका कलाकारहरु बाहिरबाट हेर्दा खुशी देखिन्छन् । तर निजी जिन्दगीमा भने उनीहरुको जीवन उतारचढावपूर्ण छ । बलिउडमा यस्ता कैयौं कलाकार छन्, जसले आफू जिउँदो रहँदारहँदै सन्तान शोक भोग्नु पर्यो ।

बलिउड अभिनेता, होस्ट तथा गायक शेखर सुमनका दुईइ छोरा थिए । तर उनको जेठो छोराको ११ वर्षको उमेरमै निधन भयो । पुत्र वियोग पछि शेखर र उनकी पत्नि यती दुःखित भए कि उनीहरुले आत्महत्या गर्ने योजना बनाएका थिए । उनको छोरा आयुषलाई एन्ड्रोकार्डियल फाइब्रोलास्टोसिस नामको एक दुर्लभ मुटु रोग थियो ।

आफ्नो अभिनयका कारण दर्शक हसाउने कलाकार महमूदको जिन्दगी कैयौंं मुस्किलले भरिएको छ । उनले आफ्नै आँखा अगाडि छोरा मेकीको मृत्यु देखे । मेकीको निधन ३१ वर्षको उमेरमा कार्डियक अरेस्टबाट भएको थियो । यो समयमा मेकी संगीत उद्योगमा पहिचान बनाउन लागेका थिए ।

अभिनेता कबीर बेदीको छोरा सिद्धार्थले २६ वर्षको उमेरमा डिप्रेसनका कारण आत्महत्या गरेका थिए । सूचना प्रविधिमा डिग्री हासिल गरेका उनी मास्टर्सका लागि अमेरिकाको क्यालिफोर्निया पुगेका थिए । पढाईको अवस्थामा नै उनी डिप्रेसनमा परेका थिए । उपचारमा उनलाई केही यस्ता औषधि दिइयो, जसकारण उनी निराश हुँदै गए । एकदिन पिता कबीरसँग सिद्धार्थले आत्महत्या गर्ने कुरा गरे । जुन कुराले कबीर झस्किएका थिए ।

प्रख्यात गायिका आशा भोसले आफ्नो ५६ वर्षकी छोरीलाई गुमाइसकेकी छन् । उनकी छोरी वर्षा पतिसँग सम्बन्धविच्छेद पछि डिप्रेसनमा थिइन् । जसकारण उनले आफैलाई गोली हानेर आत्महत्या गरिन् । वर्षाको निधन हुँदा आशा सिंगापुरमा थिइन् ।

दर्शकलाई हसाउन खप्पिस अभिनेता गोविन्दाले आफ्नो पहिलो छोरी गुमाइसकेका छन् । गोविन्दाको पहिलो छोरीको निधन ४ महिनामा भएको थियो । समय भन्दा अघि नै जन्मिएको कारण छोरीले आफूलाई बचाउन नसकेको गोविन्दले बताएका थिए ।

टलिउड र बलिउड फिल्ममा भिलेन बनेका अभिनेता प्रकाश राजले आफ्नो ५ वर्षको छोरा गुमाएका छन् । उनको छोरा चंगा उठाउदै गर्दा लडेको केही महिनापछि निधन भएको थियो ।

गजल किङ जगजीत सिंहको छोरा विवेकको एक कार दुर्घटनामा निधन भएको थियो । त्यो समय विवेक २० वर्षका मात्र थिए । छोराको मृत्युले जगजीत उनको पत्नी चित्रा महिनौं समयसम्म शोकमा डुबे । यही घटनापछि चित्राले आफ्नो गायकी करियरलाई सदाका लागि बिट मारिन् ।

कमेडियन अभिनेता राजीव निगमले सन् २०२० मा आफ्नो छोरालाई गुमाए । राजीवको जन्मदिनकै दिन नोभेम्बर ८ मा छोरा देवराजको निधन भएको थियो ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  २ : २६ बजे

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक

पोखरा महानगरका किसानलाई ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण

गण्डकी– पोखरा महानगरपालिकाले किसानलाई यस वर्ष सात हजार ५०० किलोग्राम

‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

भैरहवा– रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

साढे पाँच वर्षपछि नागढुंगा सुरुङमार्ग खुल्दै, ७ मिनेटमै धादिङ-काठमाडौँ यात्रा

काठमाडौँ – सरकारले आधा दशक लगाएर बनाएको सिस्नेखोला–नागढुङ्गा (२.६८८किलोमिटर) सुरुङमार्ग

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउन पत्राचार

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको