दिलीप र राजको पैतृक घर बेच्न मालिकद्वारा अस्वीकार « Khabarhub

दिलीप र राजको पैतृक घर बेच्न मालिकद्वारा अस्वीकार


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउडका दुई दिग्गज अभिनेता दिलीप कुमार र राज कपूरको पैतृक घर विगत केही समयदेखि लगातार चर्चामा छ ।

यी दुई कलाकारको यो घर पाकिस्तानको खैबर पख्तूतख्वा प्रान्तमा छ । विगत केही समययता उनीहरुको यो घरलाई पाकिस्तान सरकारले संग्राहलय बनाउने निर्णय गरेको चर्चा चलेको थियो । त्यसका लागि पाकिस्तान सरकारले दुवै कलाकारको घर हेर्ने मालिकसँग घर किन्ने प्रक्रिया शुरु गर्न लागेको थियो ।

सरकार र मालिकबीच घरको मूल्यका विषयमा सहमति पनि भइसकेको थियो । तर अहिले भने सरकारलाई उक्त घर बेच्नका लागि मालिक असहमत भएका छन् ।

दिलीप कुमारको घरका मालिक हाजी लाल मुहम्मदले सरकारसँग प्राइम लोकेसनमा भएको यो घरका लागि २५ करोड रुपैंयाँ मागेका छन् । जबकी यो घरको लागि पाकिस्तानको सरकारले ८० लाख ५६ हजार रुपैंयाँ निर्धारण गरिसकेको छ ।

दिलीप कुमारको पेशावरस्थित प्रवक्ता फैसल फारुकीले सञ्चारमाध्यमसँग भारतीय दिग्गज अभिनेता दिलीप कुमारको हृदयमा पेशावर बस्ने गरेको बताए । ‘उनी जहिल्यै मोहल्ला खुदादमा आफ्नो जन्मस्थान र पैतृक घरसँग जोडिएका मिठा सम्झनाबारे चर्चा गर्छन्’, प्रवक्ताले भनेका छन् । सन् १९३५ मा भारत स्थानान्तरण हुनु अघि दिलीप यही घरमा सन् १९२२ मा जन्मिएका थिए ।

पाकिस्तान सरकारले यसै महिनाको शुरुवातमा राज कपूर र दिलीप कुमारको पैतृक घरहरु किन्नका लागि २ दशलमब ३५ करोड रुपैंयाँ निकासा गर्न मञ्जुरी दिएको थियो ।

दिलीपको चार मरला घरको मूल्य ८० दशमलब ५६ लाख रुपैंयाँ तोकिएको थियो । जबकी राज कपूरको ६ मरला घरको मूल्य १ दशमलब ५० करोड तय गरिएको छ । यो घर खरिद गरेपछि दुवैलाई खैबर पख्तुनख्वाको पुरातत्व विभागले संग्राहलयमा परिणत गर्नेछ ।

यद्यपि दुवै कलाकारको पैतृक घरको मालिकले सरकारद्वारा निर्धारित मूल्यमा घर बेच्न अस्वीकार गरेको छ । घर मालिक हाजी लाल मुहम्मदले जमिन हस्तान्तरणको लागि सबै अत्यावश्यक औपचारिकता पुरा गरेपछि सन् २००५मा ५१ लाख रुपैंयाँमा खरिद गरेका थिए ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ५ : ३७ बजे

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– राष्ट्रव्यापी विरोध प्रदर्शनमाथि तेहरानले गरेको रक्तपातपूर्ण दमनका कारण संयुक्त

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक