नक्कली नोटसहित भारतीय नागरिक पक्राउ « Khabarhub

नक्कली नोटसहित भारतीय नागरिक पक्राउ


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– प्रहरीले नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

१ लाख ९३ हजार नेपाली रुपैयाँ बराबरको नक्कली नोटसहित रक्सौल निवासी २२ वर्षीय अमनदीपकुमार सिंहलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।

पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार उनको साथबाट नक्कली रकम बरामद गरिएको छ । उनको साथबाट तीन ग्राम लागूऔषध खैरो हिरोइनसमेत बरामद भएको उनले बताए ।

विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले आइतबार राति करिब साढे ९ बजेको समयमा वीरगन्ज महानगरपालिका– १३ राधेमाईस्थित सडकखण्डमा बी.आर ०५ एम ६०९७ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा नक्कली रुपैयाँ फेला परेको प्रहरीले जनाएको हो ।

मोटरसाइकलको भाइजरभित्र लुकाएर राखिएको अवस्थामा एक हजार दरको एक सय ९३ थान नेपाली नोट बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ७ : १७ बजे

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि