युद्ध र क्रान्ति बने नयाँ 'द फेस’ | Khabarhub Khabarhub

युद्ध र क्रान्ति बने नयाँ ‘द फेस’


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सौन्दर्य प्रतियोगिता ‘द फेस’ को उपाधि पुरुषतर्फ युद्ध बानियाँ र महिलातर्फ क्रान्ति चन्दले जितेका छन् ।

व्यावसायिक मोडल जन्माउने उद्देश्यले आयोजित प्रतियोगितामा २६ जना प्रतिष्पर्धी थिए ।

प्रतियोगितामा कृपा अधिकारी र शितल श्रेष्ठ फस्ट रनरअप’, स्वीकृति प्याकुरेल र हेमन जोशी सेकेन्ड रनर अप’ हुँदा कृपा अधिकारी र हेमन जोशी बेस्ट फ्रेण्ड्ली’, निर्मला धिताल र नारायण प्याकुरेल फोटोजेनिक’, क्रान्ति चन्द र शितल श्रेष्ठ ‘क्याटवाक’, ब्रबिम श्रेष्ठ र अस्मिता बराल ‘बेस्ट स्किन एन्ड हेयर’, आशिष गिरी र कृपा अधिकारी ‘बेस्ट फिजिक’, युद्ध बानियाँ र सोफिया भण्डारी ‘पब्लिक च्वाईस’ र सुर्जिना श्रेष्ठ र युद्ध बानियाँ ‘पपुलर च्वाईस’ बने ।

वि क्यान फ्लाई इभेन्ट म्यानेजमेन्ट कम्पनीले आयोजना गरेको प्रतियोगितामा अभिनेता अनुपविक्रम शाही, मोडल सिर्जना रेग्मी, क्रिकेटर विनोद दास, अग्रज फोटोग्राफर राजभाई सुवाल निर्णायक थिए ।

आयोजक तथा वी क्यान फ्लाईका सिईओ संसद शाहले नयाँ पुस्ताबाट कुशल र व्यवसायिक मोडल जन्माउन प्रतियोगिता आयोजना गरेको बताए ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १० : २० बजे

उद्धव थापा भन्छन् : महामन्त्रीद्वयले गलत भाष्य बनाएर कांग्रेसको छवि बिगारे

काठमाडौं- नेपाली कांग्रेस कोसी प्रदेशका सभापति उद्धव थापाले पार्टीभित्रैका मान्छेले

दीपक खड्का भन्छन् : चुनावअघि महाधिवेशन हुँदैन, आगामी जेठमा गरौँ

काठमाडौं- नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दिपक खड्काले

गत आवमा भोजपुरमा ५१ हजार मेट्रिक टन आलु उत्पादन

भोजपुर– जिल्लामा गत आर्थिक वर्षमा ५१ हजार नौ सय मेट्रिक

निर्वाचन आयोगले दल चिन्छ, जेन-जी चिन्दैन : नारायण भट्टराई 

काठमाडौं–  १३ देखि २८ उमेर समूह अर्थात् जेनेरेसन–जीको आन्दोलनपछि गठन

११ अंकले घट्यो नेप्से, १६५ वटा कम्पनीको सेयर मूल्यमा गिरावट

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.२९ अंकले घटेको छ