सलमानसँग विवाह गर्न अभिनेत्री अली अमेरिकाबाट मुम्बई ! « Khabarhub

सलमानसँग विवाह गर्न अभिनेत्री अली अमेरिकाबाट मुम्बई !


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– पाकिस्तानी मूलकी अभिनेत्री सोमी अली यतिबेला अभिनेता सलमान खानका कारण चर्चामा छिन् ।

उनी सन् १९९१ मा सलमानसँग विवाह गर्न भनेर अमेरिकाबाट मुम्बई आएकी थिइन् । यो समयमा उनको उमेर १६ वर्षको थियो । मुम्बई आएपछि उनी सलमानसँग नजिकमात्र भइनन्, उनले अभिनय पनि गरिन् ।

तर उनीहरुले अभिनय गरेको त्यो फिल्म रिलजि हुन सकेन । त्यो समयमा उनीहरुबीचको सम्बन्धले राम्रै चर्चा पाएको थियो ।

‘मैले १६ वर्षको उमेरमा सलमान खानको फिल्म ‘मैने प्यार किया’ हेरेको थिएँ । त्यो फिल्म हेरेपछि मैले यही केटासँग विवाह गर्छु भनेर निर्णय लिएँ’, उनले भनेकी छन्, ‘मैले आमासँग भोलि भारत जाँदैछु भनें । आमासँग निकै जिद्दी गरें । मुम्बईमा हाम्रो एक नातेदार थिए । मैले उनीलाई भेट्न र ताजमहल हेर्ने बहाना बनाएर भारत जानका लागि आमाबाबुलाई मनाएँ । म पाकिस्तानमा केही दिन बसेपछि मुम्बई गएँ ।’

मुम्बई आएपछि उनले फोटोग्राफर राजाध्यक्षसँग आफ्नो फोटोसुट गराइन् र प्रोडक्सन हाउसमा जान थालिन् । यही क्रममा एकदिन एक प्रोडक्सन हाउसमा सलमानको नजर सोमीमाथि पर्यो । त्यसपछि उनले सोमीलाई फिल्म ‘बुलन्द’को अडिसनमा बोलाए । भलै यो फिल्म रिलिज त भएन, तर सोमीलाई भने अन्य फिल्मबाट अफर आउन थाल्यो ।

लामो समयसम्म सलमानसँग डेट गरेपछि सन् १९९९मा उनीहरुको सम्बन्ध टुट्यो । सम्बन्ध टुटेपछि उनी अमेरिका फर्किइन् र आफ्नो पढाई शुरु गरिन् । सोमी अहिले ‘नो मोर टियर्स’ नामक एनजिओ चलाउछिन् ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ८ : २१ बजे

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई