काठमाडौँ– नेपाल–फ्रान्स द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक भर्चुअल रुपमा आज सम्पन्न भएको छ ।
संयन्त्रमा द्विपक्षीय सम्बन्ध र सहयोगका सबै विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा दुवै पक्षले उच्चस्तरीय भ्रमण आदानप्रदानको महत्वबारे चर्चा गर्दै सन् २०१९ मा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको फ्रान्स भ्रमणको परिचर्चा पनि भएको थियो ।
बैठकमा द्विपक्षीय व्यापार, लगानी, पविधि हस्तान्तरण र पर्यटन प्रवर्द्धनका साथै जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने सम्बन्धमा पनि विचारविमर्श भएको थियो ।
दुवै पक्षले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा जलवायु परिवर्तनका असर घटाउने कोभिड–१९ विरुद्ध सहयोग आदानप्रदान गर्ने विषयमा पनि छलफल गरेका थिए ।
प्रतिक्रिया