सदूरपश्चिम प्रदेशसभा बैठक : भागरथी हत्याका दोषीलाई कारवाहीका लागि ध्यानाकर्षण | Khabarhub Khabarhub

सदूरपश्चिम प्रदेशसभा बैठक : भागरथी हत्याका दोषीलाई कारवाहीका लागि ध्यानाकर्षण


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा सदस्यहरुले बैतडीमा बलात्कारपछि किशोरीको हत्या भएको भन्दै घटनाका दोषीलाई पक्राउ गरी कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।

बैठक प्रारम्भ हुनासाथ समय लिएर प्रदेशसभा सदस्य लीलाधर भट्टले दोगडाकेदार गाउँपालिका चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको भन्दै घटना भएको छ दिन पुग्दासम्म पनि प्रदेश सरकारले चासो नलिएकोमा दुःख व्यक्त गरे ।

उनले उक्त घटनाका हत्यारा पत्ता लगाइ कारवाही गर्न र प्रभावकारी शान्ति सुरक्षाको व्यवस्थापन गर्न माग गरे ।

बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङले किशोरीको बलात्कारपछि भएको हत्या घटना समाजका चुनौतीसँगसँगै लाजमर्दो विषय बनेको भन्दै दोषीलाई पक्राउ गरी कारवाही गर्न र आमनागरिकको सुरक्षामा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले किशोरीको हत्या घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न र यस्ता जघन्य अपराध हुन नदिनका लागि शान्ति सुरक्षाको उचित व्यवस्थापन मिलाउन माग गरे ।

जनता समाजवादी पार्टीका कृष्णबहादुर चौधरीले किशोरीको बलात्कारपछि हत्या हुँदा पनि प्रदेश सरकारले चासो नदिनु दुःखत भएको बताए ।

यसअघि बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट सातौँ अधिवेशनको आह्वानसम्बन्धी प्राप्त पत्रको व्यहोरा र छैटौँ अधिवेशनमा पारित भई प्रदेश प्रमुखवाट प्रमाणीकरण भएका विधेयक बारे जानकारी गराएका थिए ।

बैठक प्रारम्भ गर्नुहुँदै सभामुख थापाले मर्यादित र अनुशासित भई अधिवेशन सफल बनाउनमा प्रदेशसभाका सदस्यबाट प्रभावकारी भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।

कोरोनाको जोखिमलाई मध्यनजर गरी बैठकमा सहभागीले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेका थिए ।

तीन वटा विधेयक टेबुल

आजको बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरीले छुट्टाछुट्टै रुपमा सुदूरपश्चिम प्रदेशको पशु स्वास्थ्य तथा पशुसेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, सुदूरपश्चिम प्रदेशको बीउविजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ र सुदूरपश्चिम प्रदेश दूग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक’ टेबुल गरे ।

अधिवेशनको अन्त्य भएको छ महिनाभित्र अर्को अधिवेशन गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन आजबाट शुरु भएको हो । कोरोना सङ्क्रमणको जोखिमका कारण प्रदेशसभाको वर्खे अधिवेशन (बजेट अधिवेशन) गएको साउन ३१ गते थोरै दिन सञ्चालन भई अन्त्य गरिएको थियो ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ८ : ४४ बजे

स्वामिकार्तिक कार्यालयमा चार दिनदेखि ताला : अध्यक्षमाथि भ्रष्टाचारको आरोप

धनगढी – बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा चार दिनदेखि तालाबन्दी छ

भिट्ठामोड सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आज तरकारी तथा फलफूलको मूल्य कति छ ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बलिउडमा काम पाउन छाडे नितिनले ! भन्छन्- ‘मेकरलाई काम माग्न मेसेज गर्छु’

काठमाडौं – नील नितिन मुकेस बलिउडका चर्चित कलाकार हुन् ।

ट्रम्पविरुद्ध खरो उत्रने को हुन् डेमोक्र्याट महिला ?

सन् १९८० को अन्त्यमा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र मिखायल