नेपाल–बेलायत सम्बन्ध सुदृढ तुल्याउने प्रतिबद्धता « Khabarhub

नेपाल–बेलायत सम्बन्ध सुदृढ तुल्याउने प्रतिबद्धता


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र बेलायतले पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बेलायतका विदेश राज्यमन्त्री लर्ड अहमदबीच आज अपराह्न भएको भर्चुअल बैठकमा बहुआयामिक नेपाल–बेलायत सम्बन्धलाई अझ सुदृढ तुल्याउने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा नेपाल–बेलायत सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

उनीहरुबीच आपसी सहयोग, जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीको सामना, कोभिड–१९ महामारीलगायत विषयमा पनि छलफल भएको थियो ।

बेलायती राज्यमन्त्रीले सगरमाथा संवाद तथा मन्त्री ज्ञवालीले यसै वर्ष बेलायतमा आयोजना हुने कोप–२६ बारेमा छलफल गरेका थिए ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १० : ४५ बजे

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन चिसो

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको