सृष्टि बनिन् ‘सुपर प्लस साइज मोडल नेपाल’ « Khabarhub

सृष्टि बनिन् ‘सुपर प्लस साइज मोडल नेपाल’


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘सुपर प्लस साईज मोडल नेपाल,२०२० सिजन–३’ को उपाधि सृष्टि उप्रेतीले जितेकी छन् । उनले उपाधिसँगै विभिन्न गिफ्ट ह्याम्पर पनि पाइन् । प्रतियोगितामा स्मृति अधिकारी ‘फस्ट रनर अप’ बनिन् ।

विधागततर्फ सृष्टि उप्रेती ‘मस्ट फोटोजेनिक’, रोजिना राई ‘मस्ट इन्थुजियास्टिक’, कृष्णा कोइराला ‘मस्ट स्मार्ट’, प्रेरणा राजवंशी ‘मस्ट इन्टेलिजेन्ट’, रोजिना राई ‘मस्ट भ्युअर्स च्वाइस’, सृष्टि उप्रेती ‘मस्ट चार्मिङ’ र ‘मस्ट ट्यालेन्ट’, स्मृति अधिकारी ‘मस्ट कन्फिडेन्ट’, सिर्जना आले मगर ‘बेस्ट पर्सनालिटी’, कृष्णा कोइराला ‘अडियन्स च्वाइस’ र ‘पब्लिक च्वाइस’ घोषित भए ।

आयोजक डेविलसिंह राजपुतले प्लस साइज (मोटोपन) भएर निराश भई बसेका महिलाहरुलाई लक्षित गर्दै उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता अभिवृद्दि गरी समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताए ।

रोजिन शाक्यले सञ्चालन गरेको प्रतियोगिताको प्रमुख अतिथी पूर्व सुचना तथा सञ्चारमन्त्री तथा सांसद डा. मिनेन्द्र रिजाल रहेका थिए । प्रतियोगिताको निर्णायकमा हिसानका केन्द्रीय उपाध्यक्ष, काठमाडौं भ्याली स्कुल एण्ड कलेजका अध्यक्ष तथा त्रिभुवन युनिभर्सिटीका सहायक प्राध्यापक डा. स्वागत श्रेष्ठ, भीएस निकेतन स्कुलकी प्रधानाध्यापक संगिता श्रेष्ठ, गायक सिताराम पोख्रेल र र्यापर तथा संचारकर्मी एनएसके निर्णय श्रेष्ठ रहेका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ३ : २० बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना