एक सन्तले प्रातःकालमा आफ्ना शिष्यको बीचमा बसेर प्रभुको प्रार्थना गरिरहेका थिए । सबैभन्दा पहिला उनले पूरै मानवजातिको कल्याणको लागि प्रार्थना गरे । त्यसपछि हात जोडेर भने— हे मेरा परमपिता, तिमीले दुष्कर्म गर्नेहरुलाई सद्बुद्धि प्रदान गर्नू । उनीहरुलाई सही बाटो देखाउनु, ताकी उनीहरुले दुष्कर्म गर्न छोडिदिऊन् । प्रभु, ती भट्केका मानिसलाई विशेषरुपमा दया गर्नू ।
सँगै बसेका एक शिष्यले आश्चर्यचकित भएर सोधे— सन्तले त राम्रा मानिसको कल्याणका लागि भगवान्सँग प्रार्थना गर्छ । आज पहिलो पटक मैले तपाईंलाई दुष्टहरुको कल्याणको लागि प्रार्थना गरेको देखे । गुरुदेव, यस प्रार्थनाको के मतलब भयो ?
सन्तले मुस्कुराउँदै भने— बाबु, सत्कर्म गर्ने राम्रा मानिस त भगवान्को स्वतः दया र स्नेहको अधिकारी बनिहाल्छ । राम्रा मानिसले राम्रो कर्म गरेर अरुलाई पनि राम्रो बनाउँछ । प्रार्थना त नराम्रो मानिसहरुलाई सद्बुद्धि प्रदान गर्नको लागि गर्नुपर्छ, जसबाट उनीहरुले दुष्कर्म त्यागेर सत्कर्मतिर लागून् ।’
साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट
प्रतिक्रिया