एक प्रेरक प्रसङ्ग ‘दुष्टका लागि प्रार्थना « Khabarhub

एक प्रेरक प्रसङ्ग ‘दुष्टका लागि प्रार्थना


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एक सन्तले प्रातःकालमा आफ्ना शिष्यको बीचमा बसेर प्रभुको प्रार्थना गरिरहेका थिए । सबैभन्दा पहिला उनले पूरै मानवजातिको कल्याणको लागि प्रार्थना गरे । त्यसपछि हात जोडेर भने— हे मेरा परमपिता, तिमीले दुष्कर्म गर्नेहरुलाई सद्बुद्धि प्रदान गर्नू । उनीहरुलाई सही बाटो देखाउनु, ताकी उनीहरुले दुष्कर्म गर्न छोडिदिऊन् । प्रभु, ती भट्केका मानिसलाई विशेषरुपमा दया गर्नू ।

सँगै बसेका एक शिष्यले आश्चर्यचकित भएर सोधे— सन्तले त राम्रा मानिसको कल्याणका लागि भगवान्सँग प्रार्थना गर्छ । आज पहिलो पटक मैले तपाईंलाई दुष्टहरुको कल्याणको लागि प्रार्थना गरेको देखे । गुरुदेव, यस प्रार्थनाको के मतलब भयो ?

सन्तले मुस्कुराउँदै भने— बाबु, सत्कर्म गर्ने राम्रा मानिस त भगवान्को स्वतः दया र स्नेहको अधिकारी बनिहाल्छ । राम्रा मानिसले राम्रो कर्म गरेर अरुलाई पनि राम्रो बनाउँछ । प्रार्थना त नराम्रो मानिसहरुलाई सद्बुद्धि प्रदान गर्नको लागि गर्नुपर्छ, जसबाट उनीहरुले दुष्कर्म त्यागेर सत्कर्मतिर लागून् ।’

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ४ : ५० बजे

बोस्नियाको उत्तरपश्चिम क्षेत्रमा हिमपात, ५० हजार मानिस अन्धकारमा

एजेन्सी– भारी हिमपात र विद्युत् संरचनामा गम्भीर क्षति पुगेपछि बोस्निया

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक– यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु

जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

एजेन्सी– जम्मु कश्मीर नजिकैको अग्लो पहाडी पास जोजिला पासमा हिम–पहिरो

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको