पत्रकार महासंघ चुनाव : मतपरिणाम आउने क्रम जारी, कहाँ कसको जित ? « Khabarhub

पत्रकार महासंघ चुनाव : मतपरिणाम आउने क्रम जारी, कहाँ कसको जित ?


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि बुधबार भएको चुनावको मतपरिणाम आउने क्रम जारी छ ।

बिहीबार बिहानसम्म प्रदेश एसोसिएटबाट विकास कार्की र कृति भट्टराई केन्द्रीय कार्यसमितिमा विजयी भएका छन् । अध्यक्षमा बैकुण्ठ पराजुली बुधबार नै विजयी भएका थिए ।

यस्तै झापामा लोकतान्त्रिक गठबन्धनको नेतृत्व गर्दै प्रेस युनियन एकराज गिरी नेतृत्वको प्यानलले अध्यक्षसहितका पदमा वर्चश्व कायम गरेको छ ।

दार्चुलामा भने कृष्ण धामी अध्यक्षमा निर्वाचित भएका छन् ।  ललितपुर अध्यक्षका प्रेस संगठनका सागर न्यौपानेको लोकतान्त्रिक प्यानल विजयी भएका छन् । बझाङको अध्यक्षमा शैलेन्द्र रोकायाको प्यानल विजयी भएको छ ।

नेपाल पत्रकार महासंघ पर्वतको अध्यक्षमा सन्तोष थापा विजयी भएका छन् । थापा प्रेस चौतारी निकट पत्रकार हुन् ।

पत्रकार महासंघ काभ्रेको अध्यक्षमा प्रेस युनियनका बद्रीप्रसाद तिमल्सिना विजयी भएका छन् । दोलखामा नेपाल प्रेस युनियनका दीपशंकर चौलागाँई अध्यक्षमा निर्वाचित भएका छन् ।

डोटीमा नेपाल प्रेस युनियनका मोहन शाहीको प्यानल नै विजयी भएको छ । यस्तै बर्दियामा यादव आचार्यको लोकतान्त्रिक प्यानल नै विजयी भएको छ ।

पाल्पामा माओवादी निकट प्रेस सेन्टरका रेखीराम राना अध्यक्षमा निर्वाचित भएका छन् ।

गुल्मीमा माधव नेपाल निकट प्रेस चौतारीका टोललाल अर्याल विजयी भएका छन् ।

अर्घाखाँचीमा प्रेस सेन्टरका अशोक खनाल विजयी भएका छन् । रोल्पामा पनि प्रेस सेन्टरको अध्यक्षतामा जिल्ला नेतृत्व आएको छ ।

प्युठान र कपिलवस्तुमा प्रेस युनियनको नेतृत्वमा जिल्लाको नेतृत्व आएको छ । कपिलवस्तुबाट जिल्ला अध्यक्ष किरणमान ब्रर्जाचार्य सर्वसम्मत चयन भइसकेका छन् ।

अहिलेसम्मको मतपरिणाममा विपुल पोखरेल नेतृत्वको प्यानलले धेरै ठाउँमा जित हात पारेको छ ।

महासंघको अध्यक्षमा पोखरेल र निर्मला शर्माको प्यानल प्रतिष्पर्धामा थियो । यस्तै अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएका गजेन्द्र बुढाथोकीलाई पनि केहीले भोट हालेका छन् ।

लुम्बिनी प्रदेशका सबैजसो जिल्लाबाट विपुल पोखरेल नेतृत्वको लोकतान्त्रिक प्रगतिशील नेतृत्व अगाडि आएको छ ।

प्रेस युनियन, प्रेस सेन्टर, माधव नेपाल निकट प्रेस चौतारी, प्रगतिशील पत्रकार संगठनहरुबीच भएको गठबन्धनबाट यो समूहले जिल्ला, प्रदेश तथा केन्द्रमा आफ्नो पक्षमा नतिजा सुरक्षित गरेको छ ।

लुम्बिनी प्रदेशका रुपन्देही, पाल्पा, गुल्मी जिल्लामा लामो समयदेखि नेतृत्व लिएको प्रेस चौतारी पछाडि परेको छ ।

गुल्मीबाट केन्द्रीय अध्यक्षमा विपुल पोखरेललाई ३९ र निर्मला शर्मालाई १९ मत आएको छ भने प्रदेश अध्यक्षमा बसन्त गिरी लाई ३५ र भरत केसीलाई १८ मत आएको छ ।

पाल्पाबाट केन्द्रीय अध्यक्षमा विपुल पोखरेललाई ४१ र निर्मला शर्मालाई ४७ मत आएको छ भने प्रदेश अध्यक्षमा बसन्त गिरीलाई २८ र भरत केसीलाई ४५ मत आएको छ ।

रोल्पाबाट केन्द्रीय अध्यक्षमा विपुल पोखरेललाई ४६ र निर्मला शर्मालाई २८ मत आएको छ भने प्रदेश अध्यक्षमा बसन्त गिरीलाई ४७ र भरत केसीलाई २६ मत आएको छ ।

कपिलवस्तुबाट प्रदेश अध्यक्षमा बसन्त गिरीलाई १२२ र भरत केसीलाई ३० मत आएको छ ।

 

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ८ : ३५ बजे

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,