संसदीय समितिमा पनि प्रतिनिधिसभा अनुसार नै सहभागी गराउन माग « Khabarhub

संसदीय समितिमा पनि प्रतिनिधिसभा अनुसार नै सहभागी गराउन माग


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले संसदीय समितिमा समेत प्रतिनिधिसभामा भएको प्रतिनिधित्वअनुसार सहभागी गराउन माग गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शुरुमै बोल्दै एमाले सांसद खगराज अधिकारीले प्रतिनिधिसभामा अहिले नेकपा नामको दल नरहेको र संसदीय समितिमा भने नेकपाकै प्रतिनिधित्वअनुसार सदस्यहरु रहेको भन्दै विरोध गरेका हुन् ।

उनले संसदीय समितिमा एमालेको प्रतिनिधित्व नभएको भन्दै तत्काल त्यस्तो व्यवस्था गर्न सभामुखको ध्यानाकर्षण गराए । एमाले वेग्लै दल बनेको अबस्थामा प्रतिनिधित्व पनि एमालेकै मतअनुसारको हुनुपर्ने माग उनको छ ।

उनले भने,‘आज अनेकौ कुरा भनिएको छ । हामी सहमतिका साथमा जान चाहन्छौं । सत्तापक्षलाई बाध्य बनाएर हामी जान सक्दैनौ । अहिलेको सरकार बहुमतको हो । यसको प्रतिनिधित्व संसदका समितिमा समेत तदअनुरुप हुन जरुरी छ । प्रतिनिधिसभामा मात्रै भएन ।’

संसदीय समितिमा एमाले सांसदहरुको कम सहभागिता रहेको भन्दै उनले भने,‘अवैधानिक नेकपा हुन चाँहदैनौं । आजका बैठकले समितिमा रहने एमाले सांसदहरुको उपस्थिति समितिमा होस् । हाम्रो पार्टीका तर्फबाट प्रमुख सचेतकले दिने नाम संसदीय समितिमा समेत समावेश गरियोस् ।’

सांसद अधिकारीको मागअनुसार सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिमा छलफल भएको र समितिमा एमालेले दिएअनुसारका सांसदहरुलाई संसदीय समितिमा राख्ने जानकारी गराएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  १ : ५२ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि