नेता पौडेलको प्रश्न– प्रधानमन्त्रीले नैतिकता देखाउनु नपर्ने हो ? « Khabarhub

नेता पौडेलको प्रश्न– प्रधानमन्त्रीले नैतिकता देखाउनु नपर्ने हो ?


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकता देखाउन पर्ने बताएका छन् ।

उनले प्रधानमन्त्रीले विश्वासको मत किन नलिएको भन्दै प्रश्न पनि उठाएका छन्। पौडेलले प्रधानमन्त्री आफैंले विघटन गरेको प्रतिनिधिसभा पुन:स्थापना हुँदा पनि नैतिकता देखाउनुनपर्ने हो? भनी प्रश्न गरेका हुन्।

उनले सबै राजनीतिक दलहरुसँग छलफल गरेर संसद्लाई सक्रिय बनाउन प्रधानमन्त्रीलाई आग्रह गरे। सरकारले बिजनेस नदिएर फेरि विघटनलाई पुष्टि गर्ने काम नहोस् भन्दै उनले संविधान बनाउन आफूहरुको पनि योगदान रहेकाले संविधान नसिकाउन आग्रह गरे।

उनले भने, ‘संसद् र संसदीय समितिमा प्रतिनिधित्व गर्ने कुरा हामीलाई पनि थाहा छ । यो संसद् काम छैन भन्‍ने सरकारको धारणा हो भने यो लोकतन्त्रविपरीत हुनेछ। संसद्लाई जनताको कुरा सुन्‍ने थलो बनाइयोस्।’

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  २ : ४९ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि