प्रतिनिधिसभामा माओवादी केन्द्र तर्फका चार स्थान रिक्त « Khabarhub

प्रतिनिधिसभामा माओवादी केन्द्र तर्फका चार स्थान रिक्त


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभामा माओवादी केन्द्र तर्फका चार स्थान रिक्त भएका छन् । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका चार सांसदलाई पार्टीले कारबाही गरेको थियो । सोही कारबाहीको पत्र आज प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले पढेर सुनाएपछि चार स्थान रिक्त भएको हो ।

यसअघि पार्टी परित्याग गरी एमाले प्रवेश गरेका चारजना सांसदलाई पदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएको थियो ।

माओवादी केन्द्रले ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहलाई सांसद पदबाट हटाएको पत्र संसद सचिवालयलाई पठाएको थियो ।

चारैजना सांसद अहिले मन्त्री छन् । उनीहरू नेकपा एमाले पार्टीको केन्द्रीय सदस्यमा पनि मनोनित भएका छन् ।

राष्ट्रिय सभा सदस्य रहेका गृह मन्त्री रामबहादुर थापा ‘बादल’ को सांसद पद खारेज गर्न भने माओवादीले केन्द्रले पत्र पठाएको छैन ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ३ : ०९ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि