मौलिकता मास्ने साम्राज्यवाद अमान्य : बाँस्कोटा « Khabarhub

मौलिकता मास्ने साम्राज्यवाद अमान्य : बाँस्कोटा


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले मुलुकको मौलिकता मास्ने साम्राज्यवाद अमान्य भएको बताएका छन् ।

सांसद बाँस्कोटाले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको पाँचौँ जिल्लासभा तथा नवनिर्मित भवन उद्घाटन कार्यक्रममा राउटे समुदायलाई जबर्जस्त इसाइकरण गरेर मुलुकको मौलिकता मास्ने प्रयास भइरहेको बताए ।

उनले भने, “सांस्कृतिक मौलिकता मास्ने राम्राज्यवाद कुनै पनि हालतमा मानिदैन, धर्म र दल परिवर्तन नागरिकको स्वतन्त्रता हो ।”

उनले भने, “ठाउँठाउँमा पार्टी बनाएर हिँड्नेलाई मेरो पनि शुभकामना छ, कमसेकम नाम र चिह्न भएको पार्टी बनाउनु । नेपालमा दुई पार्टी छन्, एमाले र काङ्ग्रेस, यिनै दुई पार्टीहरु चित्त बुझेनी–नबुझेनी, राम्रो भएनी–नभएनी, आलोचना भए करेक्सन हुँदै ढल्दै, धुलो टकटक्याउँदै यिनीहरु नै अगाडि बढ्छन् ।”

कार्यक्रममा पनौती नगरप्रमुख भीम न्यौपाने, बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, एमालेका जिल्ला नेता इन्द्रबहादुर तामाङ, माओवादी केन्द्रका नेता विष्णु मिजारलगायतले जिल्लासभा सफलताको शुभकामना व्यक्त गरे ।

सो अवसरमा जिसस प्रमुख उद्धव केसीले विसं २०७५ मा शुरु भएको नवनिर्मित भवन एक करोड ४८ लाख १७ हजारमा निर्माण सम्पन्न भएको जानकारी दिए ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ३ : ४३ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि