छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चितवनको खैरहनी नगरपालिका-१ ज्यामिरेचोकस्थित सडकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

ना.८ ख ५८७५ नम्बरको टिपरले ना.५१ प ९६०३ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक खैरहनी नगरपालिका-१ बस्ने ५५ वर्षीय दिल कुमार थापा मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, पोखरा महानगरपालिका-३० शिशुवा चोकमा ट्याक्सीले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको छ । ग.१ ज २२५८ नम्बरको ट्याक्सीले ग.१२ प ४७०७ नम्बरको स्कुटरलाई बिहीबार बिहान ठक्कर दिँदा स्कुटर चालक सोही महानगरपालिका-३१ भञ्ज्याङ बस्ने ६५ वर्षीय सोमराज सापकोटाको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनको पश्‍चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्सीले उक्त स्कुटरलाई ठक्कर दिँदा स्कुटर ग.१ त ४३०४ नम्बरको ट्याक्टरमा समेत ठोकिएर दुर्घटना भएको थियो । ट्याक्सी र ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ६ : २८ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका