छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चितवनको खैरहनी नगरपालिका-१ ज्यामिरेचोकस्थित सडकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

ना.८ ख ५८७५ नम्बरको टिपरले ना.५१ प ९६०३ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक खैरहनी नगरपालिका-१ बस्ने ५५ वर्षीय दिल कुमार थापा मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, पोखरा महानगरपालिका-३० शिशुवा चोकमा ट्याक्सीले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको छ । ग.१ ज २२५८ नम्बरको ट्याक्सीले ग.१२ प ४७०७ नम्बरको स्कुटरलाई बिहीबार बिहान ठक्कर दिँदा स्कुटर चालक सोही महानगरपालिका-३१ भञ्ज्याङ बस्ने ६५ वर्षीय सोमराज सापकोटाको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनको पश्‍चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्सीले उक्त स्कुटरलाई ठक्कर दिँदा स्कुटर ग.१ त ४३०४ नम्बरको ट्याक्टरमा समेत ठोकिएर दुर्घटना भएको थियो । ट्याक्सी र ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ६ : २८ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि