नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला « Khabarhub

नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय गैँडा गणनाका क्रममा नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला परेको छ ।

गैँडा गणनाका क्रममा आज दिउँसो चितवनको भरतपुर–१६ स्थित सेतीदेवी सामुदायिक वनमा पर्ने नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला परेको हो ।

पाटेबाघको अस्थिपञ्जर फेला परेपछि डिभिजन वन कार्यालयको टोलीले मुचुल्का उठाएर अस्थिपञ्जर लिएर आएको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए ।

सडेको अवस्थामा फेला परेको भए पनि खप्परको स्वरुपको आधारमा पाटेबाघ भएको पहिचान गरिएको भन्दै खनालले यसबारे थप जानकारी अनुसन्धानपछि मात्रै थाहा हुने बताए । अस्थिपञ्जरको अनुसन्धानपछि मात्रै बाघको लिङ्ग र उमेरबारे भन्न सकिने खनालको भनाइ छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  १० : ४५ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र