कोरोना संक्रमण रोक्न कतारमा कर्मचारी घटाउनेदेखि खेलकुद गतिविध रोक्ने सम्मका निर्णय « Khabarhub

कोरोना संक्रमण रोक्न कतारमा कर्मचारी घटाउनेदेखि खेलकुद गतिविध रोक्ने सम्मका निर्णय


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

दोहा– कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि कतारले विभिन्न क्षेत्रमा लगाएको प्रतिबन्धमा थप कडाइ गर्ने निर्णय गरेको छ ।

बुधबार प्रधानमन्त्री तथा गृहमन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलाजीज अल थानीको अध्यक्षता बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिबन्ध थप कडाई गर्ने निर्णय गरेको हो ।

सार्वजनिक तथा निजी कम्पनीका कर्मचारीहरु ५० प्रतिशतमा घटाउने, संग्रहालयहरु, पुस्तकालयहरु, नर्सरीहरु बन्द गर्ने, सार्वजनिक पार्क र कर्नेसमा भेला हुन अनुमति नदिने लगायतका निर्णय गरिएको छ ।

सरकारी एजेन्सीहरूको कार्यस्थलमा उपस्थित कर्मचारीहरूको संख्या घटाउँदै प्रत्येक इकाईका कर्मचारीहरूको कुल सङ्ख्याको ५० प्रतिशतले कार्यालयमा काम गर्ने र बाँकी कर्मचारीहरू घरबाट वा अनुरोधमा टाढा रहेर काम गर्नुपर्ने उल्लेख गरिएको छ ।

यसैगरी सरकारी तथा निजी क्षेत्रका कर्मचारीहरू र कामदारहरूको लागि उनीहरूको कामको ठाउँमा उपस्थित सबै बैठकहरू (टाढाबाट) आधुनिक प्राविधिको माध्यमहरू प्रयोग गर्नुपर्नेछ। यदि यो सम्भव छैन भने ५ जना भन्दा बढी व्यक्तिले स्वास्थ्य मापदण्डको पालना गरी बैठक गर्नुपर्ने जनाइएको छ ।

सबै नागरिकले घर बाहिर निस्किँदा अनिवार्य मास्क लगाउनु पर्नेछ । घर भित्र वा बाहिर विवाह अनुमति नदिने, सार्वजनिक पार्क, समुद्री किनार र कर्नेसमा भेला हुने वा बस्ने अनुमति नदिने समेत निर्णय गरिएको छ ।

त्यसैगरी खेल मैदानहरू र खेल उपकरणहरू बन्द गर्ने लगायतका ३३ बुँदे निर्णय गरिएको छ । स्वास्थ्य मापदण्डका नियम उल्लंघन गरेको पाइएमा दुई लाख कतारी रियाल जरिवाना र तीन वर्षसम्म कैद सजाय तोकिएको छ ।

कतार सरकारले जारी गरेका सबै निर्णय पालना गर्न नेपाली दूतावासले यहाँ रहेका नेपालीहरुमा आग्रह गरेको छ । नयाँ निर्णय भोलि ९ अप्रिलदेखि अर्को सूचना नभएसम्म लागू हुने जनाइएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ८ : २४ बजे

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई

आईसीसी विश्वकप क्रिकेट लिग–२ : क्यानडाले बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा अहिले नेपालले र क्यानडा

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका