ट्वीटरले लगायो राष्ट्रपति भण्डारीको ट्वीटमा सेन्सर « Khabarhub

ट्वीटरले लगायो राष्ट्रपति भण्डारीको ट्वीटमा सेन्सर


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीको एउटा ट्वीटलाई ट्वीटरले बिना कारण सेन्सर लगाएको छ ।

राष्ट्रपति भण्डारीले गएको मार्च २४ का दिन गरेको ट्वीटमाथि ट्वीटरले सेन्सर लगाएको हो । राष्ट्रपतिको भेरिफाइड ट्वीटर ह्याण्डलबाट गरिएको यो ट्वीटमा राष्ट्रपति भण्डारीले आफ्नो बंगलादेश भ्रमणको बारेमा जानकारी साझा गरेकी थिइन् ।

ट्वीटमा लेखिएको छ ‘बंगलादेशका महामहिम राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा भएको राजकीय भ्रमण सम्पन्न भएको छ । न्यानो र आत्मीय आतिथ्यका लागि महामहिम राष्ट्रपति, महामहिम प्रधानमन्त्री शेख हसिना, बंगलादेशी सरकार र जनतालाई हार्दिक धन्यवाद ! यस भ्रमणबाट हाम्रा दुई मुलुक र जनताबीचको घनिष्ट सम्बन्ध अझ प्रगाढ भएको छ ।’ यो ट्वीटमा त्यस्तो असामान्य र संवेदनशील कुरा केही पनि देखिँदैन ।

ट्वीटमा लेखिएको कुराको स्क्रिनशट लिएर फोटोको रुपमा पोस्ट गरिएको छ । यो ट्वीटलाई ट्वीटरले संवेदनशील सामग्री भएको भन्दै लुकाएको छ । यो ट्वीट यत्तिकै देखिँदैन र हेर्न चाहनेले हेर्ने सेटिङ अन गरेपछि मात्रै हेर्न मिल्छ ।

सामान्यतया विवादित, पुष्टि नभएका कुरा, जातीय, धार्मिक रुपमा सहिष्णुतामा खलल पुग्ने कुरा वा घाउचोट लागेका वा यस्तै संवेदनशील तस्वीरलाई यसरी लुकाइन्छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका केही विवादित ट्वीट ट्वीटरले यसरी लुकाएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ८ : ५८ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र