हावाहुरीले घरको छानो उडाएपछि ढोरफिर्दीवासीको बिचल्ली « Khabarhub

हावाहुरीले घरको छानो उडाएपछि ढोरफिर्दीवासीको बिचल्ली


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँ शुक्लागण्डकी–९ ढोरबाराही मन्दिर आसपास क्षेत्रमा सोमबार साँझ असिनापानीसँगै आएको हावाहुरीले घरको छानो उडाइदिएपछि करिब एक दर्जन घरमा क्षति पुगेको छ ।

स्थानीयवासी विष्णु लम्साल, हरिबहादुर महत, कृष्ण थापा, खेमबहादुर सुनार, शिवराज बराल, लालु लम्साल, चित्रबहादुर बानियाँलगायतको घरको छानो उडाएपछि बिचल्लीमा परेका छन् ।

छानो उडाएपछि पानीले घरका सबै कपडा भिजेका छन् । विद्युत् लाइन नहुँदा वर्षायामको समयमा अन्धकारमा कसरी बस्ने भन्ने चिन्ताले सताएको ढोरबाराही कृषि फार्मका सञ्चालक एवं स्थानीयवासी शिवराज लम्सालले जानकारी दिए ।

“अहिलेसम्म यति ठूलो हावाहुरी आएको थाहा पाएका थिएनौँ”, उहाँले भने, “हावाहुरीले विद्युतका पोल ढाल्नुका साथै तार चुडिँदा अन्धकारमा बस्नुपरेको छ ।”

विद्युत् लाइन नहुँदा अनलाइनबाट पढ्ने र परीक्षा दिने त्यसक्षेत्रका बालबालिकासमेत प्रभावित हुने देखिएको उनले बताए । सोही वडास्थित हिमाली प्राथमिक विद्यालयको शौचालय र स्नानगृहमा क्षति पुगेको छ । शुक्लागण्डकी–८ स्थित पाटनचोकमा चार घरको छानो उडाएको जानकारी पाएको लम्सालले जानकारी दिए ।

हावाहुरीसँगै आएको असिनापानीले मकैबाली, तरकारी खेती, केराखेतीमा धेरै क्षति पुगेको बताइएको छ ।

शुक्लागण्डकी–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बिजुलीको पोल ढलेका, तारहरु चुँडिएकाले विद्युत् अवरुद्ध हुँदा अन्धकारमा बस्नुपरेको जानकारी दिए ।

सोही वडास्थित बाराही प्राथमिक विद्यालयमा जडान गरिएको सोलार प्यानल उडाएर पूर्णरूपमा क्षति भएको छ । साँझपखको समयमा हावाहुरी र असिनापानी आएकाले क्षतिको यकिन विवरण भने जानकारी आइनसकेको उनले बताए ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ८ : २५ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर