अपडेट : नयाँबस्तीमा बोराभित्र भेटियो शरीरका केही अंग « Khabarhub

अपडेट : नयाँबस्तीमा बोराभित्र भेटियो शरीरका केही अंग


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौको बौद्धस्थित नयाँबस्तीमा फ्याकिएको बोराभित्र मानव शरीरका केही अंग भेटिएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार बोरा भित्र शवको केही अंग भेटिएको हो । परिसर प्रमुख एसएसपी अशोक सिंहले भने, ‘स्थानीयले खबर गरेपछि हामी घटनास्थल पुगेका थियौं । बोरा भित्र काटीएको अवस्थामा शवको केही अंग मात्र भेटिएको छ ।’

एसएसपी सिंहका अनुसार शव विभत्स तरिकाले हत्यापछि फ्याँकिएको पाइएको छ । एसएसपी सिंहले खबहरबसँग भने, ‘परालले बेरेर शव बोरामा प्याक गरी फ्याँकिएको अवस्थामा फेला परेको प्रकृति हेर्दा केही दिनअघि नै हत्या भएको जस्तो देखिएको छ ।’

शवको पैतालाको भाग र हड्डीहरुमात्रै भेटिएकाले मृतक को हो भन्नेबारे पहिचान खुल्न नसकेको एसएसपी सिंहले बताए । पैतालाको अवशेष हेर्दा अधबैंसे मानिसको जस्तो देखिएको उनले बताए ।

शव पोस्टमार्टम र डीएनए प्रोफाइलका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ  ।

मंगलबार बिहान घटनाको जानकारी पाएसँगै महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी सिंह र महाशाखाका चन्द्रकुबेर खापुङसहितका प्रहरी अधिकारी घटनास्थल पुगेका थिए । अहिले घटनाबारे थप अनुसन्धान भइरहेको एसएसपी सिंहले बताए ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  १० : ५१ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको