अपडेट : नयाँबस्तीमा बोराभित्र भेटियो शरीरका केही अंग | Khabarhub Khabarhub

अपडेट : नयाँबस्तीमा बोराभित्र भेटियो शरीरका केही अंग


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौको बौद्धस्थित नयाँबस्तीमा फ्याकिएको बोराभित्र मानव शरीरका केही अंग भेटिएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार बोरा भित्र शवको केही अंग भेटिएको हो । परिसर प्रमुख एसएसपी अशोक सिंहले भने, ‘स्थानीयले खबर गरेपछि हामी घटनास्थल पुगेका थियौं । बोरा भित्र काटीएको अवस्थामा शवको केही अंग मात्र भेटिएको छ ।’

एसएसपी सिंहका अनुसार शव विभत्स तरिकाले हत्यापछि फ्याँकिएको पाइएको छ । एसएसपी सिंहले खबहरबसँग भने, ‘परालले बेरेर शव बोरामा प्याक गरी फ्याँकिएको अवस्थामा फेला परेको प्रकृति हेर्दा केही दिनअघि नै हत्या भएको जस्तो देखिएको छ ।’

शवको पैतालाको भाग र हड्डीहरुमात्रै भेटिएकाले मृतक को हो भन्नेबारे पहिचान खुल्न नसकेको एसएसपी सिंहले बताए । पैतालाको अवशेष हेर्दा अधबैंसे मानिसको जस्तो देखिएको उनले बताए ।

शव पोस्टमार्टम र डीएनए प्रोफाइलका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ  ।

मंगलबार बिहान घटनाको जानकारी पाएसँगै महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी सिंह र महाशाखाका चन्द्रकुबेर खापुङसहितका प्रहरी अधिकारी घटनास्थल पुगेका थिए । अहिले घटनाबारे थप अनुसन्धान भइरहेको एसएसपी सिंहले बताए ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  १० : ५१ बजे

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको विकास, विस्तार र

अवैध रूपमा अमेरिकी प्रविधि निर्यात गर्ने दुई चिनियाँविरुद्ध मुद्दा दायर

वासिङ्टन डिसी– संयुक्त राज्य अमेरिकाको न्याय विभागले संयुक्त राज्य अमेरिकाको

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४