नसियत पाएका डीएसपी खड्कामाथि छानबिन थालियो « Khabarhub

नसियत पाएका डीएसपी खड्कामाथि छानबिन थालियो


२५ जेष्ठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आर्थिक अनियमितता लगायतका विषयमा उजुरी परेपछि नसियतसहित कारवाहीमा परेका महानगरीय प्रहरी बृत्त सोह्रखुट्टे प्रमुख डीएसपी दिपक खड्कामाथि छानबिन शुरु भएको छ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका अनुसार, एसपी श्याम चौधरीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरी खड्कामाथि छानविन थालिएको हो ।

कार्यालयमा आउने सेवाग्राहीलाई चुस्त सेवा नदिएको तथा निषेधाज्ञाको समयमा पनि ठमेलमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिने गरेको जस्ता आरोपमा नसियत पाएका डीएसपी खड्का माथि अनुसन्धान अघि बढाइएको कार्यालयका प्रमुख एआईजी हरि पालले बताए ।

एआईजी पालले भने, ‘उसका बारेमा धेरै गुनासो आएपछि हामीले गुनासोलाई भेरिफाई गरेको हो, त्यसो गर्दैजाँदा उनी दोषी देखिएएपछि हामीले रेकर्डमा जनिने गरी नैसियत दिएका थियौँ। अहिले एसपीको नेतृत्वमा समिति गठन गरेर छानविन भइरहेको छ ।’

डीएसपी माथि छानविन गर्न उक्त समितिलाई एक साताको म्याद दिइएको छ । विगत १६ महिनादेखि साह्रखुट्टेमा कार्यरत खड्का कारवाहीमा परेपछि उनलाई महानगरीय प्रहरी परिसर काठमाडौँमा तानिएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  १२ : ३६ बजे

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर

हराभरा प्रकृति समृद्धिको आधार

संघीय राजधानी काठमाडौँको आँगनमै उभिएर पनि प्रकृतिको शीतलता, संस्कृतिको मौलिकता,