चिठ्ठाको बहानामा ठगी गर्न पक्राउ « Khabarhub

चिठ्ठाको बहानामा ठगी गर्न पक्राउ


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– २५ लाख चिठ्ठा परेको भन्दै ठगी गरेको आरोपमा प्रहरीले पर्साबाट एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ का निरजकुमार सिंह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार उनलाई केही दिन अघि नै पक्राउ गरिएको हो ।

सामाजिक सञ्जाल ह्वाट्सएप, आइएमओलगायतमा तपाईंलाई २५ लाख रुपैयाँको चिठ्ठा परेको भन्दै विश्वासमा दिलाएर ठगी गरेको महानगरीय अपराध महाशाखामा उजुरी पछि उनलाई पक्राउ गरिएको डीएसपी खनालले बताए ।

उनले चिठ्ठा परेको र अब कर तिर्नुपर्ने बाहना बनाएर आइएमई, ई सेवाबाट जम्मा दुई लाख १० हजारसम्म रकम लिएको पाइएको प्रहरीले जनाएको छ।

अहिले प्रहरीले उनीमाथि ठगी कसूरमा थप अनुसन्धान अघि बढाएको बताएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  १ : ५९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना