साल्ट ट्रेडिङको छुट बिहान मात्र « Khabarhub

साल्ट ट्रेडिङको छुट बिहान मात्र


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारले दिएको २० प्रतिशत छुट बिहान मात्र दिने भएको छ । शुक्रबारदेखि सिमित वस्तुमा मात्र २० प्रतिशत छुट दिएको कम्पनीले आजदेखि बिहान ७ बजेदेखि ९ बजेसम्म खाद्यान्नमा छुट दिन लागेको हो ।

छुटमा खाद्य पदार्थ खरिद गर्न धेरै सेवाग्राहीको भिड बढेपछि कम्पनीले बिहान दुई घण्टा मात्र बिक्री काउन्टर खुला गरेर सहुलियतको खाद्य पदार्थ बिक्री गर्ने निर्णय गरेको हो । ‘काठमाडौं जिल्ला प्रशासनबाट जारी निषेधाज्ञासम्बन्धी आदेशअनुसार आज जेठ २५ गतेदेखि बिहान ७ देखि ९ बजेसम्म मात्र बिक्री कक्षहरु खुल्ला रहने जानकारी गराइन्छ,’ कम्पनीले जारी गरेको सूचनामा भनिएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनबाट खाद्य पदार्थ खरीद गर्दा २० प्रतिशतसम्म छुट दिने बताएका थिए । दुई कम्पनीको बिक्री काउन्टरबाट मात्र खाद्य पदार्थ खरिद गर्दा २० प्रतिशत छुट कार्यान्वयन भएको भन्दै विभिन्न आलोचना समेत हुन थालेको थियो ।

साल्ट ट्रेनिङ कर्पोरेशनले आप्नो उत्पादनबाट पाँच जनाको परिवारलाई एक महिनाका लागि पुग्ने खाद्य पदार्थ सरकारले तोकेको २० प्रतिशत छुटमा दिएको थियो । कम्पनीले दुई किलो पिठो, चिनी, नून, एक लिटर तेल र एक सिलिण्डर ग्यासमा छुट दिनेछ ।

छुटपछि अब पिठोको मूल्य रु ४४, चिनीको मूल्य रु ६३, नून रु १६, तेल प्रतिलिटर रु १८८ र ग्यास प्रतिसिलिण्डर रु एक हजार १२० मा बिक्री गरिएको छ । यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई किलो कर्णालीको सिमी र ३० किलो चामल (कम्पनीसँग रहेको बासमती र मार्सी बाहेकको चामल) मा २० प्रतिशत छुट दिने निर्णय गरेको छ ।–रासस

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  २ : ४० बजे

राजनीतिपछि शिथिल प्रकाश !

काठमाडौँ- गायक प्रकाश सपुत राजनीतिमा प्रवेश गरेसँगै धेरैले टिप्पणी गरेका

नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा

काठमाडौँ– नेपालको आँखा उपचार सेवाको कम्बोडियाको विदेश तथा अन्तर्राष्ट्रिय सहयोग

पूर्वाधार विकाससहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका चारवटा समितिको बैठक आज

प्रतिनिधिसभा बैठक बस्दै, अख्तियारको वार्षिक प्रतिवेदन पेस गरिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा बस्ती संरक्षण योजना निर्माण भएको