मन्त्रिपरिषद पुनर्गठनबारे सर्वोच्चले माग्यो सरकारको लिखित जवाफ « Khabarhub

मन्त्रिपरिषद पुनर्गठनबारे सर्वोच्चले माग्यो सरकारको लिखित जवाफ


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ ।

मन्त्रिपरिषद पुनर्गठनका विषयमा सर्वोच्चमा परेका रिटको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरीप्रसाद खतिवडाको इजलासले सरकारसँग लिखित जवाफ माग गरेको हो ।

सर्वोच्चले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विपक्षीसँग मन्त्रिपरिषद पुनर्गठन गर्नुको लिखित कारण माग्नुका साथै छलफलका लागि बोलाएको छ ।

सर्वोच्चले यो विषयमा अन्तरिम आदेशका लागि दुवै पक्षलाई असार ८ गते छलफलमा बोलाएको छ । मन्त्रिपरिषद गठनका विरुद्धमा सर्वोच्च अदालतमा ६ वटा रिट दर्ता भएको थियो ।

संसद विघटन गरेर चुनाव घोषणा गरेका प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्नु गैर संवैधानिक भन्दै कानून व्यवसायीले रिट हालेका थिए ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ३ : ०३ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार