रुकुम र दाङमा निषेधाज्ञा थप « Khabarhub

रुकुम र दाङमा निषेधाज्ञा थप


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व– रुकुम (पूर्व) मा निषेधाज्ञाको अवधि एक हप्ता थप भएको छ । जिल्लामा कोरोनाको जोखिम बढ्दै गएकाले लामो समयदेखि निषेधाज्ञा लागू गरिएको छ ।

पछिल्लो पटक थप गरिएको अवधि आज राति १२ बजेबाट सकिदै थियो । कोरोना सङक्रमणमा कमी नआएकाले एक हप्ता थपिएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) संयोजक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए ।

दाङमा असार १ सम्म

जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकले दाङमा निषेधाज्ञा थप गरेको छ । यसअघि आजसम्म तोकिएको निषेधाज्ञा असार १ गते साँझ ६ बजेसम्मका लागि थपिएको हो । यद्यपि अब भने केही खुकुलो भएको छ । बैंक तथा वित्तिय संस्थाहरु अब दैनिक बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुल्नेछन् । बिहान ६ बजेदेखि १० बजेसम्म बजारमा किनमेल पनि खुल्ला गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

होटेल, शैलुन, चिया पसल,रेष्टुरेन्ट, जिम क्लब, सिनेमा हलबाहेक सबै पसल खुल्ला रहने भएका हुन् । त्यसमा स्वास्थ्य तथा सुरक्षाको मापदण्ड भने लागू गर्नुपर्ने छ ।

बुधबारदेखि सबै सरकारी कार्यालय खुल्ने भएका छन् । यसअघि अति आवश्यक सरकारी कार्यालय मात्रै खुल्ला थिए । अब भने सीमित कर्मचारीको सहभागितामा सबै सरकारी कार्यालय खुल्ने उनले बताए ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ८ : ५१ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक