पाँच वटा प्रदेशमा 'भारी वर्षा'को सम्भावना, सतर्कता अपनाउन मौसम विभागको अनुरोध | Khabarhub Khabarhub

पाँच वटा प्रदेशमा ‘भारी वर्षा’को सम्भावना, सतर्कता अपनाउन मौसम विभागको अनुरोध


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभावले मुलुकका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले हाल देशभर सामान्यदेखि पुर्ण बदली रहेको जनाएको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरुमा तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थान धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यी प्रदेशहरुको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।

यसैगरी बाढी पूर्वानुमान महाशाखाले भोलिसम्म नारायणी र यसका सहायक नदीहरू विशेषगरी बुढिगण्डकी, त्रिशुली, मर्स्याङ्दी, कालीगण्डकी लगायतका नदीहरूमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता पार गर्ने सम्भावना रहेको जनाएको छ।

सप्तकोशी र यसका सहायक नदीहरू सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण तमोर लगायतका नदीहरूमा बहाव बढ्ने तथा केहीमा सतर्कता तह आसपास पुग्ने तथा तिनाउ, कन्काई, कमला, बागमती र यिनका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरूमा उक्त अवधिभर विशेष सावधानी अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ असार २४ गते (बिहिबार)

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राति: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।लुम्बिनी, सुदुरपश्चिम प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

२०७८ असार २५गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७८ असार २६ गते (शनिबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/ चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/ चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ७ : ३० बजे

अमेरिकी एयरलाइन्सको विमानमा आगलागी

 काठमाडौं- अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी एयरलाइन्सको विमानको एउटा इन्जिनमा

बजेट अभावमा रोकियो गैँडा गणना

 चितवन – हरेक पाँच वर्षमा हुँदै आएको गैँडा  गणना आर्थिक

शंकरदेव क्याम्पसमा तालाबन्दी, स्ववियु चुनाव अनिश्चित

 काठमाडौं– आसन्न चैत्र ५ गते हुने स्ववियु निर्वाचनको विषयमा शंकरदेव

सरकारप्रति शेखर कोइरालाको टिप्पणी- विनाश काले विपरीत बुद्धि

 काठमाडौं– नेपाली कांग्रेसका नेता डा‍.शेखर कोइरालाले वर्तमान सरकारको कडा टिप्पणी

नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना

काभ्रेपलाञ्चोक– धार्मिक एवं पर्यटकीयस्थल नमोबुद्धमा पर्यटन सूचना केन्द्र स्थापना भएको