यी नदीमा बाढीको जोखिम, बाढी पूर्वानुमान महाशाखाले भन्यो- सतर्कता अपनाउनू « Khabarhub

यी नदीमा बाढीको जोखिम, बाढी पूर्वानुमान महाशाखाले भन्यो- सतर्कता अपनाउनू


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले बाढीका कारण आज मुलुकका विभिन्न नदी तथा खोलामा पानीको सतह बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले २५ गतेसम्म नारायणी र यसका सहायक नदीहरू विशेषगरी बुढिगण्डकी, त्रिशुली, मर्स्याङ्दी, कालीगण्डकी लगायतका नदीहरूमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता पार गर्ने सम्भावना रहेको जनाएको हो ।

यसैगरी सप्तकोशी र यसका सहायक नदीहरू सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण तमोर लगायतका नदीहरूमा बहाव बढ्ने तथा केहीमा सतर्कता तह आसपास पुग्ने तथा तिनाउ, कन्काई, कमला, वाग्मती र यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने महाशाखाले पूर्वानुमान गरेको छ ।

महाशाखाले खोला तथा नदीमा पानीको बहाव बढ्ने हुँदा तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरूमा उक्त अवधिभर विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले हाल सप्तरीको बर्मजिया र आसपास पछिल्लो ३ घण्टामा भारी वर्षामापन भएको तथा माउली खोला लगायत अन्य साना खोलामा पानीको बहाव बढेको भन्दै नदी तटीय क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ८ : ४० बजे

भौतिक मन्त्रालयलाई मुख्यमन्त्री कँडेलको निर्देशन : रुग्ण आयोजनाको ठेक्का तोड्नुस्

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिने तर समयमा

ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच फेरि वार्ता हुने

एजेन्सी – अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा

प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले संसद् भवनमा जेन-जी आन्दोलनका सहिदहरुको सालिक

योगेश भन्छन् : अहिले च्याउसरी उम्रिएका पार्टीहरूको बिउ कहाँको भन्ने शंका छ

विराटनगर- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव योगेश भट्टराईले मनोनयन