एमाले कार्यदलको बैठक सिंहदरबारमा शुरू « Khabarhub

एमाले कार्यदलको बैठक सिंहदरबारमा शुरू


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पार्टी एकताको लागि गठन भएको नेकपा एमालेको कार्यदलबीच वार्ता शुरू भएको छ ।

सिंहदरबारस्थित अर्थमन्त्रालयमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदलबीच ठोस सहमतिमा पुग्ने गरी वार्ता शुरू भएको हो ।

बैठक शुरू हुनुअघि भीम रावल नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । वार्तामा आफ्नो पक्षबाट प्रस्तुत हुनेबारे रणनीतिको लागि छलफल गर्न रावलले नेपाललाई भेटेको बताइएको छ ।

रावल सिंहदरवार फर्केलगत्तै अहिले वार्ता जारी छ । त्यसअघि आज बिहान रावल र विष्णु पौडेलबीच सिंहदरबारमा भेटवार्ता भएको थियो । पौडेलसँगको भेटपछि रावल नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।

हिजो दिउँसो नेताहरूले विवाद समाधानउन्मुख भएको बताउँदै आजसम्ममा सहमति हुने बताएका थिए ।

यस्तै, राति अबेरसम्म ओली र नेपाल दोस्रो तहका नेताहरूसहित छलफलमा बसेका थिए ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  १२ : ३० बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी