मुलुकमा भएको विकासलाई कसैले नकार्न सक्दैन : प्रधानमन्त्री | Khabarhub Khabarhub

मुलुकमा भएको विकासलाई कसैले नकार्न सक्दैन : प्रधानमन्त्री


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा भएको विकासलाई कसैले नकार्न नसक्ने बताएका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) द्वारा आयोजित पुरस्कार वितरण कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकको सात दशक यता विभिन्न क्षेत्रमा भएको विकासलाई कसैले नकार्न नसक्ने बताएका हुन् ।

सामाजिक न्यायका सवालदेखि शिक्षा क्षेत्रमा भएका उपलब्धीलाई कसैले बिर्सन नहुने उनको भनाइ छ । त्यस्तै उनले आफूले मिर्गौला प्रत्यारोपण नेपालमा नै गरेको भन्दै स्वास्थ्य क्षेत्रले पनि निकै फड्को मारेको धारणा राखे । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नेपाल सबै क्षेत्रमा अगाडि बढ्न आवश्यक रहेको जिकिर गरे । उनले खोज र अनुसन्धानको क्षेत्रमा केही नयाँ नयाँ अनुसन्धान गर्न नेपाली वैज्ञानिकहरुलाई आग्रह गरे ।

उन्नत प्रविधिको प्रयोग गरेर उत्पादन बढाउन आवश्यक रहेको भन्दै त्यो क्षेत्रमा अनुसन्धान गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले विज्ञान प्रविधिको प्रयोग नगरेसम्म मुलुकको विकास र समृद्धि पूरा नहुने बताए ।

कार्यक्रममा प्रधानमन्त्री एवं नाष्टका कूलपति ओलीले नाष्टबाट प्रदान गरिएका विभिन्न विज्ञान तथा प्रविधि पुरस्कारबाट वैज्ञानिकहरुलाई पुरस्कृत गरे । यस वर्षको प्रकृति संरक्षण पुरस्कार विश्व वन्यजन्तु कोष नेपाललाई, कुलपति राष्ट्रिय नव प्रबर्धन पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई, विज्ञान पुरस्कार डा उत्तम बाबु श्रेष्ठलाई प्रदान गरियो ।

त्यस्तै प्रविधि पुरस्कार डा शेरबहादुर पुनलाई, विज्ञान तथा प्रविधि महिला पुरस्कार डा रेश्मा तुलाधरलाई, विज्ञान शिक्षक पुरस्कार नातीकाजी मर्हजन प्रदान गरिएको थियो । त्यस्तै विज्ञान तथा प्रविधिका क्षेत्रमा लामो योगदान गुराएका बिभिन्न वैज्ञानिकलाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ५ : १७ बजे

एमाले संसदीय दलको बैठक : संसद विघटनको विषयमा छलफल हुने

काठमाडौं – नेकपा एमालेले मंगलबार विघटित संसदीय दलको बैठक बोलाएको

पोखरामा पशु क्वारेन्टाइन सेवा थालनी

कास्की– सङ्घीय सरकारले गण्डकी प्रदेशको राजधानी पोखरामा पशु क्वारेन्टाइन कार्यालय

श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर

काठमाडौं– श्री एयरलाइन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा

प्रि ओपन सेसन : एक अंकले घट्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

अन्नपूर्णका दुई सय ३८ परिवारलाई खानेपानीको पहुँच  सुविधा

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका दुई सय ३८ परिवारको पिउने पानी