भ्रष्टाचार र मूल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनद्वारा सिठी जुलुस (फोटोफिचर) | Khabarhub Khabarhub

भ्रष्टाचार र मूल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनद्वारा सिठी जुलुस (फोटोफिचर)


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विपक्षी गठबन्धन निकट संयुक्त विद्यार्थी संगठनले भ्रष्टाचार र महँगी बढेको विरोधमा सिठी जुलुस प्रदर्शन गरेको छ ।

उनीहरुले सरकारको खबरदारी गर्दै काठमाडौँको माइतीघर लगायत मुलुकका ७७ वटै जिल्लामा बिहीबार सिठीजुलुस प्रदर्शन गरेका हुन् ।

काठमाडौँको माइतीघरमा भेला भएका विद्यार्थी संगठनले सिठी बजाउँदै नयाँ बानेश्वरसम्म पुगेका थिए । उनीहरुले सरकारले ‘असंवैधानिक काम’ गर्दै आएको भ्रष्टाचारलाई प्रश्रय दिएको, मूल्यबृद्धि नियन्त्रण गर्न नसकेको लगाएका आरोप लगाएका छन् ।

‘प्रतिगमनका विरुद्ध सिठ्ठी जुलुस’को व्यानरमा प्रदर्शनमा उत्रिएका उनीहरुले महंगी, भ्रष्टाचार र कुशासन बन्द गर, पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता गर लगायतका नारा लगाएका थिए ।

प्रदर्शनपछि आयोजित कोणसभामा बिद्यार्थीहरुले सरकारले प्रतिगमन नसच्चाएसम्म आन्दोलन जारी रहने चेतावनी दिए ।

अखिल क्रान्तिकारीका नेता सुरेन्द्र बस्नेतले महंगी, भ्रष्टाचार र कुशासनका कारण जनताले दुख पाउनु परेको भन्दै आन्दोलन जारी रहने बताए ।

यस्तै नेपाल विद्यार्थी संघ काठमाडौंले त्रिचन्द्र क्याम्पस अगाडि सडकमा प्रधानमन्त्रीविरुद्ध सिटी जुलुस प्रदर्शन गरेको छ  । विपक्षी गठबन्धनसम्वद्ध ५ विद्यार्थी संगठनले प्रधानमन्त्री कदमविरुद्ध आह्वान गरेको कार्यक्रम अन्तर्गत नेविसंघले सिठी जुलुस प्रदर्शन गरेको हो ।

प्रदर्शनपछि नेविसंघका महामन्त्री मनोज वैद्यले सरकारको असंवैधानिक कदम, पेट्रोलियम पदार्थको मूल्यबृद्धि लगायतको विरोधमा प्रदर्शन गरिएको जानकारी दिए ।

 

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ६ : २७ बजे

चितवनविरुद्ध सुरुमा ब्याटिङ गर्दै कर्णाली

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो दिनको पहिलो

सुदूरपश्चिममा उत्पादकत्व बढ्यो, क्षेत्रफल घट्यो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षहरूमा क्षेत्रफल घटे पनि उत्पादकत्वमा वृद्धि

एमाले संसदीय दलको बैठक : संसद विघटनको विषयमा छलफल हुने

काठमाडौं – नेकपा एमालेले मंगलबार विघटित संसदीय दलको बैठक बोलाएको

पोखरामा पशु क्वारेन्टाइन सेवा थालनी

कास्की– सङ्घीय सरकारले गण्डकी प्रदेशको राजधानी पोखरामा पशु क्वारेन्टाइन कार्यालय

श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर

काठमाडौं– श्री एयरलाइन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा